रीता सञ्जेल
नारी प्रतिमुर्ति हृदयकि खानी हुन माता
कोमल स्नेह माया ममता सहनशीलता।
छोरी बुहारी दिदिबहिनी पत्नी भुमिका
नारी पहिचान खोज्नेलाई बताइदिनु होला।
काली दुर्गा चण्डी देवी महेश्वरी विधाता
प्रकृति जीवन प्रकृति नै प्रलय हर्ताकर्ता।
युग बदल्दै शक्ति क्षमता देखाउने महानता
नारी जीवनदाता नारी नै हुन विध्वंसकर्ता।
घर व्यबहार कामधन्दा इमानदारी सीप नारी सौन्दर्यता
कामकाज पेशा खेतिपाती डाक्टर पाइलट नेता सबैतिर।
चुनौतीका पहाड अवसरमा फोर्ने नारी शक्ति स्वीकार
संसार संभावना नियाल्न सकिन्न यहाँ विना नारी जगत।
भए जस्तै अस्तित्वमा किरा फटयांग्रा सबैको भुमिका
विशेष हुन्छन् नारी र त मनाइन्छ मार्च ८ मा नारी दिवस।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...