वुमन इन कन्सर्ट ६ तारिख आउने ,सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो प्रस्तुति

Hollywood Khabar October 04,2017 Comments

विजय थापा वाशिंगटन डीसी ,
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपाल बाट कलाकारहरु शुक्रबार ६ तारिखका दिन अमेरिका आई पुग्ने भएका छन् l शुक्रबार आई पुगे लगत्तै भोलि पटक सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो प्रस्तुति हुने छ l 
अमेरिकाका ९ वटा शहर सिनसिनाटी ,सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी तथा नेपाली चलचित्र कि नायिका मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l नायिका मलिना जोशीको नया चलचित्र रानी अक्टोबर १९ मा सार्बजनिक हुने भएको छ l 
अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह तथा आयोजकका प्रतिनिधि कलाकारहरुलाई स्वागत गर्न न्युयोर्क पुग्ने भएका छनl 
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७,सेन्ट लुइसमा अक्टोबर ८ ,एट्लान्टा मा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने तय भएको छ l 
यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने एक महिलालाई सम्मान समेत गरिने छ l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम बिशेष महिला कलाकारहरुको बिशेष प्रस्तुति रहने भएकोले नेपाली समुदायलाई उनीहरुलाई प्रोत्साहन तथा हौशला प्रदान गर्न सहभागी हुन् आयोजक थ्रीई इन्टरटेनमेन्ट समूह ले सबैमा आग्रह गरेको छ l