तिम्रो उठ्ने पालो चेली-दिक्षा बस्नेत-खप्तडी

Hollywood Khabar March 07,2018 Comments

तिम्रो उठ्ने पालो चेली! दिक्षा बस्नेत-खप्तडी

नारी अस्तित्व खोसिएका ति भूमिबाट उठ
आखाँमा उर्लिएका ती छालहरू पुछी उठ !!

समाजले तिम्रो गर्भासयसंग बिरोध गर्दा
थुप्रै असत्यहरुबाट एउटा सत्य ओकल्न उठ !!

चिसो बोराकोको ओछ्यानमा लाग्दो होला डर
तिम्रो रजस्वला संगै, त्यो छाउपडी उघारेर उठ !!

हुम्लाको त्यो बहुपति प्रथा बिर्सेको छैन आजपनि
तराइको दाइजो र बोक्सीको रुपमा जल्न छोडी उठ !!

ताजै छ बारपाककी, फुलमायाको त्यो कथा पनि
महिला हिँसा र उत्पिडनलाई अब पन्छाएर उठ !!

तिम्रो नाङ्गो शरीर, भोको पेटको आलोचना संग  
कयौपटक बलात्कृत त्यो मन च्यातेर अब उठ !!

लक्ष्मी परियार जस्ता कयौ चेली कुटिएरै मारिए
अन्याय र कु-सस्कारको विरुद्दमा अब उठ !!
जय नारी !!!!!!