लेगोस/नाइजेरिया
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाको कार्यबाहक अध्यक्षमा बिश्ववाश पौडेल चयन भएका छन्। एनसीसी नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लाग्नु भएकोले बाकी कार्यकालका लागि बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षमा चयन गरेको छ।
पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यस अघि संघका उपाध्यक्ष थिए। त्यसैगरी संघले यहीँ डिसेम्बर २९-३०, २०१८ मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ।
त्यसै गरि एनआरएनए अन्तरास्ट्रिय परिषदले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिब अभिषेक मान सिंहलाई संयोजक तोकेको छ। यस अघि एनआरएनएको अन्तरास्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा पाचवटा जिल्लामा परियोजना सम्पन्न गरिसकेको एनसीसीले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तरास्ट्रिय समितीका कोषाधक्षय हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु