-Nepal Police

फेरी पनि कन्यूनिष्टकै नाममा आतंक बढ्यो सरकारले दियो सुट अन साइट अर्डर

Hollywood Khabar March 12,2019 Comments

नेपाल सरकारले नेपाल कम्यूनिष्ट पार्टीको विप्लव समूहको पछिल्लो गतिबिधिलाइ हेर्दै प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लव आतंकवादीहरुले पनि झन् आतंक बढाउँदै गएका छन्। यो अवस्थालाइ मध्येनजर गर्दै नेपाल सरकारले उनीहरुलाई सुट अन साइट आर्डर दिएको छ।

गृहमन्त्रालयले मातहतमा गरेको सर्कुल अनुसार कोहि हतियारसहित फेला परे तत्काल गोली हान्न भनिएको छ। नेत्र बिक्रम चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे गोली हान्ने र तिनका कार्यकर्ता र नेताहरुलाई भेटेको ठाउँमा नै गिरफ्तार गर्न निर्देशन दिएको बताइएको छ। घटनाको मुल्याङ्गकन गर्दै सुरक्षा निकायलाई बढाइएको कुरा पनि गृहले जनाएको छ। तत्काल थुप्रै जिल्लाहरुमा सर्च एण्ड एरेष्ट अपरेशन गरिएको छ।