-तस्बिर वेब

सहमती बिना श्रीमतीसंग शारिरीक सम्बन्ध राख्न नपाईने राखे गैरकानूनी हुने

Hollywood Khabar October 20,2018 Comments

दिपक कुमार बिष्ट‚५ काठमाडौं।देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो।संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि २०७५ भाद्र १ बाट लागु हुनेगरि जारी गरेको हो।

नयाँ मुलुकी संहिता ऐनको व्यवस्था अनुसार अव पत्नीको इच्छा विना शारिरिक सम्वन्ध राखेपनि गैर कानूनी हुने व्यवस्था छ।उक्त कार्य गर्ने पतिलाई ५ वर्ष कैद सजाय हुने भएको छ।कानूनीअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ।पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानून अनुसार कार्बाही हुनेछ।संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा ५ मा यस्तो व्यवस्था गरिएको छ।

जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहिताले गरेको हो । कानुनमा पीडित बालिका र महिलाको उमेर हेरिकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ ।