-WHO ले फाइजर भ्याक्सिन इमर्जेन्सी युजको लागि लिष्टमा राख्यो

WHO ले फाइजर भ्याक्सिन इमर्जेन्सी युजको लागि लिष्टमा राख्यो

Hollywood Khabar December 31,2020 Comments

अमेरिकी कम्पनिद्वारा निर्माण गरी अमेरिकी FDA द्वारा इमर्जेन्सी युजको लागि स्वीकृत गरिएको कोभिड १९ फाइजर भ्याक्सिन वर्ल्ड हेल्थ अर्गनाइजेशन (WHO) ले पनि सोहि अनुसार लिष्ट गरेको छ।

WHO ले Pfizer-BioNtech Covid-19 vaccine लाइ इमर्जेन्सी युजको लागि भनेर लिष्टमा राखेको छ। अमेरिकाको अर्को कम्पनि मोडेर्ना भ्याक्सिन पनि अब छिट्टै लिष्टमा आउने कुरा गरिएको छ। अब WHO ले UNICEF र Pan-American Health Organization संग मिलेर यसको वितरण गर्ने योजना गर्ने भएको छ।

यसपूर्व WHO ले आफ्नै बिधि अनुसार भ्याक्शिनको परिक्षण र सुरक्षा जांच गरेको थियो। तर फाइजरले हालको डाटा नियमित रुपमा WHO लाइ उपलब्ध गराउनु पर्नेछ। जनवरी ५ मा WHO को बैठकले वितरण बिधिको निर्णय गर्नेछ।