Website Traffic Statistics भनेको के हो, एउटा आम चासो र थाहा पाउने सजिल

Hollywood Khabar January 18,2017 Comments

जव कुनै पनि कुरा उठ्छ, या उठान हुन्छ त्यो बिषयको उपाय पनि दिनु समाचर र सुचनाको कर्तब्य होला भन्ने मेरो बुझाई हुनगयो । बजारमा हामीले आफ्नो मिडियाको कुनै एक दिनको ट्र्याफ़िक स्ट्याटस आफ्ना भ्यूवरहरुलाई सुसुचित गरेका थियौ। अरु कसैको साइटलाइ तोकेको या राम्रो नराम्रो भनेको थिएन र भन्न पनि पाइंदैन। त्यो कुरालाई सामान्य ज्ञान नहुने र जानकारी लिएर बुझ्ने प्रयास गर्ने भन्दा कुरालाई मच्चाउनेहरु प्रति जवाफ दिनु आवश्यक थिएन। तर यो कुरा हाम्रा भ्यूवरहरुलाई सुसुचित गर्न जरुरी थियो। अनि प्रविधिकहरुको समेत सल्लाह लिएर  सो सम्बन्धी जानकारीको लागि यो सुचना सामग्री तयार गरे।  
हामीहरुमध्ये धेरैले बिभिन्न संस्था, ब्यबसाया, व्यक्ति, मिडिया आदिको वेबसाइट हेर्ने गरेका छौ। यसो भनौ साइतट हेर्नु हाम्रो सामान्य कुरा जस्तै भएको छ। दैनिक जीवनको लागि या समय र ज्ञान अनि समाचारका लागि । तर हरेक वेबसाइटको ट्राफिक भिजिट ट्रयाक हुन्छ र त्यो गणना हुँदै जान्छ भने कुरा  पनि तपाइहरु धेरैलाई थाहा छ भनिरहनु पर्दैन। यो मात्र होइन साइटमा भिजिटरले के के हेरे, के के गर्यो सबै ट्रयाक हुन्छ तर सबै कुरा सार्वजनिक हुँदैनन। कतिपय त गर्न पनि मिल्दैन। ती कुराहरु प्राविधिक र कानुनी पनि हुँदा रहेछन। तर हरेक साइटको ट्राफिक ट्रयाक हेर्न भने सकिन्छ र त्यो हेर्न धेरै प्रकारका अरु साइट र ट्रयाकरहरु पनि छन्।
हुनत कुकी भिजिटरहरु पनि हुन्छन र नियमित खोजी गर्ने हरेक साइटमा हरेकखाले भिजिटर हुन्छन। ति सबैको गणना हुन्छ र आवश्यकता अनुसार प्रविधि र प्राबिधिकको प्रयोग रसहयोगले हेर्न सकिन्छ। त्यो कसरी गर्ने भन्ने कुरा लेख्न मेरो बिषय पनि होइन, सो संबन्धी ज्ञानहुनेहरुले बताउनु होला। आजको यो लेखनमा मेरो उधेश्य भनेको केवल सामान्य रुपमा कुनै पनि पोर्टल/साइटको ट्र्याफिक अवस्था कसरी थाहा पाउने भन्ने हो। उसो त कुनै पनि साइटको अवस्था हेर्न सकिन्छ, तुलना गर्न सकिन्छ कस्को भिजिटर स्थिति के भनेर तर कुरा मिडियाको उठेकोले तपाइका आफ्ना छानेका मिडियाका स्थिति हेर्न पनि सक्नुहुन्छ। जसलाई Website Traffic Statistics भनिदो रहेछ। यस्तो गणनाको नतिजा हेर्न काउण्ट डाउनमा जानुपर्छ, जति नम्बर कमि भयो उती त्यो साइट अगाडि हुन्छ। नम्बर १ छ भने त्यो सबैभन्दा उम्दा भिजिटर भएको साइट हो। यसलाई क्षेत्रीय र सेश अनि बिशवमा तीन महिना या एक महिना धेरै प्रकारले हेर्न  सकिन्छ।  

वेबसाइटको गणना गर्ने/ट्र्याकरहरु धेरै छन्। ति मध्ये एउटा साइट http://www.alexa.com/siteinfo/google.com हो। यो साइटमा Website Traffic Statistics चेक गर्न सक्नुहुन्छ। यस बिषयमा धेरै चासो लिने हो भने प्राविधिकहरुसँग कुरा गर्न सक्नुहुन्छ। तर थाहा पाउनु पर्ने कुरा के हो भने अरुको कम्पनि या मिडियाको स्थिति हेरेर जानकारी लिनुहोस्, कसको स्थिति के कस्तो हो जानकारी लिनुहोस्, अनि उनीहरुको सुचना या रिपोर्ट भने बिनास्विकृति सार्वजनिक गर्न मिल्दैन। तेसो कहिले पनि नगर्नुहोला गर्नुभयो भने तपाइलाई ल सूट हुनसक्छ।