-साङ्केतिक तस्बिर

बैतडीमा एक वडाध्यक्ष मृत भेटिए

Hollywood Khabar November 19,2019 Comments

४ मंसिर, बैतडी ।बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् ।५८ वर्षीय वडाध्यक्ष राजबहादुर चन्द बुधबार  बिहान घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन्।गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेपछि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।