वडा सदस्य, हेमराज पोखरेल

बैठक बसिरहेको बेला हृदयघात हुँदा वडा सदस्यको मृत्यु 

Hollywood Khabar December 08,2019 Comments

२३ मंसिर, तनहुँ ।वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा हृदयघातका कारण वडा सदस्यको मृत्यु भएको छ ।तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोखरेल सोमबार वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा हृदयघातका कारण  बेहोस भएका थिए।बेहोस भए लगत्तै  उपचारका लागि दमौली अस्पतालमा पुर्‍याउदा चिकित्सकले  पोखरेललाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।ब्यासनगरपालिका,१० का वडाध्यक्ष तुलसीराम सापकोटाले सुरुदेखि नै प्रेसर र दमको समस्या रहेका वडा सदस्य पोख्रेल सोमबार बैठकमा आएर कुर्चीमा बस्ने बित्तिकै  बेहोस भएको बताए।