वडा कार्यालयमा चोरी

0
shares

by Soni Sharma | Updated: 15 Jun 2019

113 views
साङ्केतिक तस्बिर ;साभार वेब

१ असार, राजविरज।राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा शुक्रबार राति चोरी भएको छ। चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको हो। 

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको वडाध्यक्ष समीर झाले जानकारी दिनुभयो।चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।