२४ मंसिर,काठमाडौँ। एक वडाध्यक्षलाइ स्थानीयले बोक्सो भन्दै कालोमोसो दलेर जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराएका छन्।चितवनको इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो दलेर मलमूत्र खुवाउने प्रयास गरेका हुन् । वडा कार्यालयको भवन सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। प्रहरीले उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो । चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ ।
-वडाध्यक्षलाइ बोक्सो भन्दै कालोमोसो दलेर जुत्ताको माला !
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु