-उपराष्ट्रपति माइक पेन्स, Picture from The White House

उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाइ हटाउन गरिएको २५ औं संसोधित ब्यबस्था नगर्ने

Hollywood Khabar January 12,2021 Comments

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाइ जनवरी ६, २०२१ को भिड र तोडफोडको आयोजना गरेको लगायतका बिषयलाइ लिएर राष्ट्रपतिबाट हटाउने गरिएको प्रयासको पहिलो प्रयास असफल भएको छ।

हाउस स्पिकर नान्सी पेलोलीले उपराष्ट्रपति माइक पेन्सलाइ संसोधित २५ औं ब्यबस्था अनुसार अगाडी बढ्न गरेको अनुरोध उपराष्ट्रपतिले अस्विकार गरेका छन्। जनवरी ११, २०२१ मा उपराष्ट्रपति पेन्सले जवाफमा उल्लेख गरेका छन्।

अब हाउसले जनवरी १२, २०२१ बुधबार राष्ट्रपति ट्रम्पका बिरुद्ध महाभियोगको लागि भोट गर्ने भएको छ। भोटपछि राष्ट्रपति ट्रम्पलाइ सिनेट ट्रायलमा पठाइनेछ। यो पटक रिपब्लिकन सिनेटर र नेताहरुले पनि राष्ट्रपति ट्रम्पलाइ हटाउन मत दिने भएका छन्। राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा महाभियोग भोग्ने तेश्रो राष्ट्रपति र एकै कार्यकालमा दुइ-दुइ पटक महाभियोग खाने पनि राष्ट्रपति ट्रम्प नै हुन्।