-Nepali Public Relation Committee USA, Official LOGO

विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन पत्र दिने

Hollywood Khabar September 16,2019 Comments

आदरणीय साथिहरू,

जय नेपाल !

नेपाली काँग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्ती भदौ २४ का दिन प्रारम्भ गरेको हिमाल, पहाड, तराई-मधेश जागरण अभियानको दोस्रो चरणमा विदेश स्थित जनसम्पर्क समितिहरूलाई पार्टीले निश्चित उदेश्य र कार्यक्रमको स्वरूप दिएको छ।

पार्टीको सोही निर्देशन र स्वरूप बमोजिम नेपाली जनसम्पर्क समिति अमेरिकाले विदेशमा वस्ने सम्पूर्ण नेपालीहरूको मतदानको अधिकार व्यवस्थापनको माँग गर्दै, निम्न मिति, समय र स्थानमा नेपाली दूतावास (वासिङटन डीसी) मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँने कार्यक्रम भएको हुदाँ, बिशेष त्यस क्षेत्रका समितिका अग्रज एवं सल्लाहकार ज्यूहरू, कार्यसमितिका सदस्यहरू, च्याप्टरका सभापति एवं समितिका साथिहरू, संस्थाका कृयाशिल एवं साधारण सदस्यहरू सबैलाई उपस्थीतिको लागि नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ।

सम्मानित सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको एक बर्ष पुग्दापनि सरकारले यस सम्बन्धी कुनै छलफल र तयारी थालेको देखिन्न ।

त्यसैले जागरण अभियानको क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाले हिमाल,पहाड,तराई र मधेशका विदेशमा वस्ने सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै, नेपाल सरकारसँग मतदानको अधिकार व्यवस्थापनको माँग राखी दवाफ स्वरूप यो ज्ञापन पत्र पेश गर्न लागेको हो ।

त्यसैले विदेशमा वस्ने सबै नेपालीको मताधिकारको माँग राख्दै, ज्ञापन पत्र बुझाउँने यो अभियानमा सहभागिताका निमित्त आम नेपाली जनसमुदायमा समेत हार्दिक बिनम्र अनुरोध गर्दछौ ।

स्थान :-अमेरिका स्थित नेपाली दूतावास ( वासिङटन डी.सी.)

समय:- दिउसो २ बजे

मिति:- September 19, 2019. ( Thursday)

धन्यवाद,

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका