-पर्यटकका लागि सबै प्रदेशहरुमा फरक फरक आर्कषणका केन्द्रबिन्दुहरु छन

कर्णाली र्याफ्टिङ्ग नै पर्यटकका लागि सबैभन्दा आर्कषणको केन्द्र

Hollywood Khabar October 01,2019 Comments

डली शाह/काठमाण्डौ/१०/२/१९

सुदुर पश्चिम प्रदेशमा प्रयटकको प्रमुख आर्कषणको केन्द्र जलयात्रा अर्थात र्याफ्टिङ्ग एक हो । जुन भ्रमण बर्ष २०२० को २५ गन्तब्य भित्र समेटिएको छ ।

यसलाई अझै प्रवद्र्धन गरी अघि बढाउन सकियो भने सुदुर पश्चिम प्रदेशको प्रमुख आय स्रोतको माध्यम बन्न सक्दछ । नेसनल जियग्राफीको रिर्पोटमा नेपालको जलयात्रा १० औ स्थानमा पर्दछ ।

हाल सम्म नेपालका १६वटा नदिमा मात्र जलयात्राको लागि खुल्ला गरिएको छ । जलयात्राको लागि सुनकासी, भोटेकोसी, त्रिशुली, कर्णाली लगाएतका नदिहरु छन । नेपालमा पर्यटकको लागि पदयात्रा र पर्वतारोहण पछिको आर्कषणको गन्तब्य भनेको -याफ्टिङ हो ।

त्यसैले समृद्ध सुदुर पश्चिमको लागि पनि प्रदेश सरकारले ¥याफ्टिङ ब्यवसायलाई मुख्य ब्यवसायको रुपमा समेट्न सक्नु पर्दछ। हालसम्म प्रर्यटकको नजरमा त्रिशुली, भोटेकासी, कालिगण्डकी, सेती, सुनकोसी, अरुण लगायतका नदिहरुमा मात्र ब्यवसायिक ¥याफ्टिङ नदि भनेर चिनाईएको छ ।

त्यसैले सुदुर पश्चिम प्रदेशको जलयात्रालाई विश्वसामु चिनाउनको लागि आफुहरु लागि परेको जिल्ला समन्वय समिती कैलालीका संयोजक सुर्य बहादुर थापा थापाले जानकारी दिनुभयो । संयोजक थापाका अनुसार अनुसार २०७५ चैत्र २३ देखि २५ गते सम्म विश्व र्कितिमान राख्ने उदेश्यका साथ कर्णाली नदिमा २३ किलोमिटर लामो साहसिक जलयात्राका सुरुवात गरिएको थियो ।

कर्णाली ¥याफ्टिङ ज्याम्बोरी भन्ने मुल नाराका साथ जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिको संयुक्त आयोजना गरिएको थियो। जि.स.स.संयोजक थापाका अनुसार कैलालीमा जलयात्राको प्रचुर सम्भावनालाई उजागर गरी पर्यटन विकासमा टेवा र्पुयाउने उद्देश्यले चिसापानी सम्मको २३ किमि जलयात्राको आयोजना गरिएको थियो ।

कैलाली जिल्लाको मोहन्याल गाउँपालीकाको सोल्टादेखि चिसापानीको कर्णाली पुल हुँदै दौलतपुर घाटसम्मको २३ किमि खण्ड साहसिक जलयात्राका मानिन्छ । यस जलयात्रामा कर्णालीका माछा, डल्फिन, चरा, गोहीलगायत जीवजन्तु अवलोकन समेत गर्न सकिन्छ । चार सय मिटरदेखि ४० किलोमिटरसम्र्म याफ्टिङ गर्न सकिने कर्णाली नदी साहसिक जलयात्रा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य भए पनि प्रचारप्रसारको कमिले गर्दा अझै पनि ओझेलमा परेको छ ।

यसको प्रचारप्रसार कमिका कारण घुम्न आउने वाहय तथा आन्तरिक पर्यटकको संख्या भने उल्लेख्य संख्यामा प्रतगी हुन सकेको छैन । भेरी, कर्णाली र सेती नदीको संगम त्रिवेणीधाम क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गरेर कर्णाली नदीलाई ¥याफ्टिङ करिडोर बनाउने योजना रहेको समन्वय समिति संयोजक थापा बताउँछन ।