दिपक अभिमन्यू

यसपालीको प्रेम दिवस दिपक अभिमन्यू

Hollywood Khabar February 13,2017 Comments

पोहोर साल तिमी र म हाम्रै भान्छामा
जिस्कीदै मस्किदै र ठट्टा गर्दै
फापरको ढिंडो र लोकल कुखुरा
अनि हाम्रो बुढ्यौली माया
प्रेम दिवसमा फुरफुर रमाईरहेका
संसार बिर्सेर आलिङ्गनमा झुमीरहेका
वैंशालु तन्नेरीहरुका माझ
हामी पनि जानी नजानी
प्रेम दिवस मनाईरहेका थियौं
यसपाली हाम्रो प्रेम दिवस
एउटा मिठासपूर्ण वातावरण
टाढा नौ डाँडापारी
नदी किनारमा सलबलाईरहेका
दुई आत्माको उपस्थिती
मनमनको सामिप्यतामा
आँखाआँखा र ढुकढुकीको समीप
तिम्रो मुस्कानमा लट्पटिदै
तिम्लाई आँखामा राखेर
हर दृष्टीमा तिम्लाई नै समेट्दै
नदीका हर छालसङ्गै तिम्लाई लखेट्दै
कोईलीका हर स्वरसंगै
वैशले उन्मत्त भई हावाका झोंकाहरुमा
लहराएका वैंशालु केशराशीसंगै
मन फरफराउदै
सारा संसार प्रेम दिवसमा झुमी रहदा
हामी पनि उमेरको हदलाई बिर्सेर
सोह्रबर्षे यौवनाहरुसंगै
मन मस्तिष्कमा एउटा छुट्टै उत्साह राखेर
हामी पनि मनाउँदैछौं
यसपालीको प्रेम दिवस