-सांकेतिक तस्विर

फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे किन मनाइन्छ -इतिहास साहित् 

Hollywood Khabar February 12,2019 Comments

२ फागुन, काठमाडौं ।आज फेब्रुअरी १४ तारिख अर्थात् भ्यालेन्टाइन डे!प्रेम दिवसका रुपमा प्रेमिल मनहरुले मनाउँदै छन्।रोमनमा तत्कालिन समयमा सैनिकलाई प्रेमगर्न  प्रतिबन्ध लगाएको बेला प्रेमको पक्षमा आवाज उठाएपछि सन् २६९ को फेब्रअरी १४ मा पादरी भ्यालेन्टाइनले मृत्युदण्ड दिइएको सम्झनामा  विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा विश्वभर भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ ।

तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाएर धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराएपछि सम्राटले उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिएका थिए।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।भ्यालेन्टाइन डे लाइ नेपालका धेरै युवाले अनुसरण गरेका छन्।रातो गुलाब नै भ्यालेन्टाइनमा प्रयोगमा आउने हुँदा यस दिवसकै लागि नेपालले गुलाब विदेशबाटै १८ करोडको गुलाब आयात गरेको थियो ।