-वलेहो क्यालिफोर्नियामा लुट्न लागेका एक सस्पेक्टलाइ प्रहरीले शूट गरेको छ

वलेहो क्यालिफोर्नियामा लुट्न लागेका एक सस्पेक्टलाइ प्रहरीले शूट गरेको छ

Hollywood Khabar June 01,2020 Comments

हलिउडखबर/अमेरिका/६/२/२०

उत्तरी क्यलिफोर्नियाको वलेहो Redwood Street मा बिहान १२:३० बजे लुटमा संलग्न एक सस्पेक्टलाइ प्रहरीले गोली हानेको छ।

San Francisco Chronicle ले दिएको समाचार अनुसार वलेहोमा रहेको वालग्रिन फार्मेसीमा लुट्न सलग्न एक सस्पेक्टलाइ प्रहरीले गोली हानेको हो। बिहान १२:३० बजे भएको सो घटनामा कुनै प्रहरी घाइते नभएको बताइएको छ।

घटनापछि प्रहरीले यसलाई लुटपाट तथा अपराधिक गतिबिधिमा संलग्न व्यक्ति भनेको छ। घटनामा लुटेरा मध्यको एकले प्रहरीको कार कन्फ़्रण्ट गरियो भने अर्कोले कारको स्पिड बढाएर रोडियोको Carquinez पुलतर्फ लाग्यो।

हालै भएका सबैजसो लुटपाटमा स्थानीय वासिन्दा नभएको कुरा ओकलेण्ड मेयर र अरु थुप्रै मेयरहरुले ब्रिफिङ गर्ने क्रममा बताएका छन्। थुप्रै ठाउँमा भएका लुट-तोडबोफ़मा फरक ठाउँका वासिन्दा अर्को ठाउँमा जाने गरेको समाचार आएका छन्।