-तस्विर वेब -उत्तर कोरियाली शासक किम जोंग

उत्तर कोरियामा सेनापतीलाई ट्याङ्कीमा फ्याँकेर मृत्युदण्ड 

Hollywood Khabar June 12,2019 Comments

३१ जेठ काठमाडौं। उत्तर कोरियाली शासक किम जोंगले सत्ता पलटको कोसिसको आरोपमा एक सेनापतीलाई  दुवै  हात काटि  मान्छे खाने पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो ।

ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ ।सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।सेनापतीलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।