-एनआरएनए अमेरिका:उत्तम कुमार कार्की आइसीसी सदस्य पदका उम्मेदवार

एनआरएनए अमेरिका:उत्तम कुमार कार्की आइसीसी सदस्य पदका उम्मेदवार

Hollywood Khabar April 13,2021 Comments

हलिउडखबर, अप्रिल १३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका उम्मेदवार हुनुहुन्छ।

नेपालको चर्चित र सुन्दर मानिने सोलुखुम्बु जिल्लामा जन्मेर काठमाण्डौको शंकर देव कजेल पढाइ गर्नु भएका उत्तम कुमार कार्की आइसीसी सदस्य पदका लागि उम्मेदवार भएको बताउनु हुन्छ। नेपाली कांग्रेसको पारिवारिक राजनीतिबाट आउनु भएका कार्की नेपाल बिधार्थी संघको गतिबिधिमा पनि सक्रिय हुनुहुन्थ्यो।

१९९१ मा कमर्शियल पाइलट बन्नको लागि अमेरिकाको क्यालिफोर्निया आउनु भएका कार्की सोहि समय देखि क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा बस्दै आउनु भएको छ। यस्दै गर्दा नेपाली समुदायका गतिबिधिमा संलग्न हुनाथाल्नु भयो। स्थानीय संस्था नेपालिज एसोशियशन अफ नर्दन क्यल्फोर्निया (NANC) मा सक्रिय कार्की २०१३ देखि २०१५ एक कार्यकाल सोहि सँस्थाको अध्यक्ष भएर पनि काम गर्नुभयो। त्यसैगरी अन्नपूर्ण लायन्स क्लब, नेपाली कन्युनिटी सेन्टर बनाउएन अभियानमा संलग्न कार्कीले थुप्रै धनराशी पनि चन्दा दिनु भएको हो।

यस बाहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको २०१४ मा भएको एकताको दोश्रो अधिवेशनबाट बनेको कार्यसमितिको सल्लाहकार पनि हुनुहुन्थ्यो। नेपाली समाज र समुदायलाइ आवश्यक परेको बेला सक्दो समय र साथ दिंदै आउनु भएका कार्की भुकम्प पिडित राहत संकलन गरेर नेपालका थुप्रै ठाउँमा वितरण गर्न नै आफैं पनि गएको बताउनु हुन्छ।

२०१४ मा एनआरएनए एनसीसी अमेरिकाको साधारण सदस्य हुनुभएका कार्की हाल भने आजीवन सदस्य हुनुहुन्छ। २०१७-२०१९ को कार्यकालमा कार्की एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकार हुनुहन्थ्यो। गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन तथा साधारण सभाको लागि अमेरिकाबाट प्रतिनिधि भएर २०१५, २०१७ र २०१९ मा गरि ३ पटक सम्म लगातार काठमाण्डौ जानुभएको थियो उत्तम कार्की।

यो पटक भने गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्यको लागि उम्मेदवार भएको कुरा कार्कीले बताउनु भयो।