-२.५ मिलियन नयाँ जब थपिए, अमेरिकी बेरोजगारी घट्दो रुपमा

२.५ मिलियन नयाँ जब थपिए, अमेरिकी बेरोजगारी घट्दो रुपमा

Hollywood Khabar June 04,2020 Comments

हलिउडखबर/अमेरिका/६/५/२०

आज व्हाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले बेरोजगारी घटेको रिपोर्ट प्रस्तुत गरेका छन्।

मे २०२० को अन्तमा अमेरिकी बेरोजगारी १४.७% बाट घटेर १३.३% मा झरेको छ अर्थात २.५ मिलियन जब थपिएका छन् । यो बिचमा मार्केट बने बढेर गएको छ।

लेबर डिपार्टमेण्टको रिपोर्ट अनुसार, कोभिड १९ को महामारीले ठप्प प्राय भएको अमेरिकी अर्थतन्त्रले बढाएरे अप्रिल २०२० मा बेरोजगारी बढेर १४.७% पुगेको थियो। तर मे २०२० मा २.५ मिलियन जब थपिएर बेरोजगारी दर घटेर १३.३% मा झरेको छ। यो चार हप्ताको समयमा प्रगति गरेको अमेरिकी अर्थतन्त्र १०३० को डिप्रेशनको हाराहारीमा थियो।