संघर्षबाट सफलता तर्फ मोडल नुवाकोटी उषा सुवेदी

Hollywood Khabar April 20,2017 Comments

मनोज थापा

सफल अभिनेत्री बन्छु भनेर लागि परेकी मोडल उषा छोटो समयमा चर्चामा छिन। नुवाकोटी उषा मोडलिङमा चम्किदा पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा युवाहरुको मोह बढेको छ। रंगीन पर्दा भित्र आफुलाई परिचित गराउने सुन्दर सपना बुनेर यो क्षेत्रमा आउने कतिको सपना पुरा हुन्छन् त कतिको अधुरा। यहि भिडमा आफुलाई परिचित गराउन सफल भएकी छन् मोडल उषा सुवेदी।

नुवाकोट स्थायी घर भएकी उनी अभिनय क्षेत्रमा लागेको छोटो समयमा ४० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गर्दै आम दर्शक श्रोताको मन जित्न सफल भएकी छन्। आफ्नै कडा, मेहनत र परिश्रम गर्दै यहाा सम्म आइपुगेकी उनी भविष्यमा सफल अभिनेत्री भन्ने लक्ष्यका साथ संघर्ष गरिरहेकी छन्। 

कसैको सहयोग र साथ विना आफ्नै एकल प्रयासले सफलताका बाटोमा लागिरहेकी उनी सफल मोडल मात्र होइन कुशल गीतकार पनि हुन। उनका शब्दमा आधुनिक तथा लोक गीतहरु १५ वटा भन्दा बढि श्रोता माझ आइसकेको छ। संघर्षले नै मानिसले सफलताको बाटोमा अघि बढाउछ भन्ने कुराको उदाहरण हुन मोडल उषा सुवेदी। 

सानो उमेरमा विभिन्न आरोह अवरोहलाई पार गर्दै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ ल्याउन कहिले हरेस खाइनन्। आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढेकै कारण आज उनी आमदर्शकको मन मुटुमा बस्न सफल भएकी छन् । कलाकारिताको यात्रामा एक पछि अर्को सफलता प्राप्त गर्दै उनी सफल अभिनेत्री हुने बाटोमा अघि बढेकी छन्।

टेलिभिजनको पर्दामा अरुले अभिनय, नृत्य गर्दा टेलिभिजन भित्र आफु पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने कल्पना र सपना सझाएकी उनी स्कुलमा हुने सबै नृत्य प्रतियोगितामा प्रथम हुने गर्द्थिन्। उनको सपना केहि हदसम्म पुरा भए पनि अझ लक्ष्यमा नपुगेको उनी बताउाछिन्। परिवारको पूर्ण सहयोग भने उनले पाइनन्। त्यसको बाबजुत पनि उनी कलाकारितामा लागिन् र आज एक सफल मोडल उषा सुवेदी भनेर आफ्नो परिचय स्थापित गर्न सफल भएकी छन्। 

कसैको प्रेममा रहेको बताउने उनी कलाकारितामा केहि गरेपछि मात्र विवाह गर्ने योजनामा रहेकी छिन्। उनी आफ्नो सपना जसरी पनि पुरा गर्ने बताउाछिन् । उनलाई नेपाली कला क्षेत्रमा सम्भावना भएको मोडलको रुपमा लिइन्छ। देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमो सहभागी भइसकेकी छिन्। उनले कलाकारितामा गरेको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान पनि गरेको छ।