-यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको ५ औं पोलिसी डेभलपमेन्ट तथा सम्मेलन २०२०

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको ५ औं पोलिसी डेभलपमेन्ट तथा सम्मेलन २०२०

Hollywood Khabar July 21,2020 Comments

कृष्ण के सी/अमेरिका/७/२२/२०

यूएस नेपाल पोलिसी रिसर्च सेन्टर (US-Nepal Policy Research Center-USNPRC) को ५ औं सम्मेलन सेप्टेम्बर १२, २०२० मा हुने भएको छ।

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरका अध्यक्ष डा राजन पन्तले हलिउडखबरलाइ दिनुभएको जानकारी अनुसार सम्मेलन सेप्टेम्बर १२, २०२० मा ZOOM प्रविधिबाट गरिनेछ। सम्मेलन अमेरिकी सेन्ट्रल समय बिहान ८:१५ बजे तदनुसार नेपालको समय बेलुका सांझ ७ बजे सुरु हुनेछ।

यो पटकको पोलिसी डेभलपमेन्ट तथा सम्मेलनमा नेपालको राजनैतिक संस्थागत बिकासमा देखिएको संकट र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारबारे छलफल केन्द्रित हुनेछ। यो पटकको नीतिगत छलफल र तयार गरिने दस्तावेजले नेपालको राजनैतिक बिकासमा सहायोग पुग्ने कुरा अध्यक्ष डा पन्तले विश्वास लिनुभएको छ।