US-Nepal Policy Research Center को तेश्रो सम्मेलन सुरु

Hollywood Khabar August 24,2018 Comments

कृष्ण के सी/अमेरिका
सन २०१६ मा अमेरिकाको टेक्ससमा एक नन-प्रफ़िट संस्थाको रुपमा स्थापना भएको US-Nepal Policy Research Center (USNPRC) नेपाली बिज्ञहरुको संस्था हो।

सेन्टरले आफ्नो प्रथम सम्मेलन सिकागोमा सम्पन्न गरेको थियो। सौभाग्य नै मान्नुपर्छ स्थापना देखि नै सँस्थाको पहिलो सम्मेल र दोश्रो सम्मेलनको समाचार बनाउन र प्रचार-प्रसारमा सहयोग गर्ने मौका पाइयो।

बार्षिक रुपमा हुने सेन्टरको सम्मेलन दोश्रो पटक सेप्टम्बर २, २०१७ मा भर्जिनिया राज्यमा भएको थियो। यो बर्ष सेन्टरले आफ्नो तेश्रो सम्मेलन अगष्ट २५, २०१८ का दिन बोस्टनमा गर्दैछ।

सेन्टरका Executive Officer/Member-Secretary डा अर्जुन बन्जाडेले हलिउड खबरलाइ जानकारी गराउनु भए अनुसार सम्मेलनमा कार्यपत्रहरु पेश हुनेछन र छलफल पछि तिहिहरुको कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा समेत छलफल हुनेछ। केन्द्रका अध्यक्ष डा अमोद पोख्रेलका अनुसार यो पटक ३ दर्जन जति बैज्ञानिकहरु उपस्थित हुनुहुन्छ।

Click link for live video:

https://www.facebook.com/ypnepali/videos/10156803860184379/