-यूएस नेपाल पोलिसी रिसर्च सेन्टरले आयोजना गर्दैछ:नेपालको निर्वाचन प्रणालीबारे बृहत छलफल हुने

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरले आयोजना गर्दैछ:नेपालको निर्वाचन प्रणालीबारे बृहत छलफल

Hollywood Khabar August 31,2020 Comments

कृष्ण के सी/अमेरिका/८/३१/२०२०

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरको ५ औं सम्मेलन आगामी सेम्टेम्बर १२, २०२० शनिबारका दिन हुँदैछ। सोहि अवसर पारेर सेन्टरले नेपालको निर्वाचन प्रणालीबारे बृहत छलफलको समेत आयोजना गरेको छ।

जुम प्रबिधिबाट आयोजना हुने सो कार्यक्रमलाइ नेपाल र विश्वका अरु संचारका आधिकारिक सोसल मिडिया साइटबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ।

नेपालको राजनीति, निर्वाचन, संचार लगायतका क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरुको प्रस्तुति र त्यसलाई कार्यन्वयन गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेगरी कार्यक्रमको आयोजना गरिएको छ। खासगरी नेपालको संस्थागत संरचनामा छलफल र प्रस्तुति थुप्रै पटक भएता पनि यो पटक भने सिंगो निर्वाचन प्रणालीमा पस्तुति र त्यसबारे टिप्पणी हुनेछ। सेन्टरका अध्यक्ष डा राजन पन्तले कार्यक्रमबारे जानकारी गराउँदै यसबाट नेपालको नीति निर्माण तहमा रहेका या यसका लागि अगाडि आएका राजनैतिक व्यक्तिहरुका लागि पनि ठूलो योगदान हुने विश्वास लिनुभएको छ।

कार्यक्रममा आर्थशास्त्री डा सुरेन्द्र देवकोटा, प्रो कृष्ण खनाल, त्रिभुवन बिश्वबिधालयका पूर्व भिसी केदार भक्त माथेमा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य म्होना अन्सारी, बरिष्ठ पत्रकार युव राज घिमिरे विशेष प्यानलिष्ट र टिप्पणीकर्ताको रुपमा हुनुहुन्छ। त्यसैगरी नेपाल, अमेरिका र अन्य क्षेत्रका थुप्रै बिज्ञ, राजनैतिक र प्रशासनिक क्षेत्रका व्यक्तिहरुको समेत उपस्थिति रहने छ।

अध्यक्ष डा पन्तका आनुसार यो पटक नीति-निर्माणकर्ता र राजनैतिक क्षेत्रका नेता लगायतका व्यक्तिहरुले त्यसलाई सुन्ने, मनन गर्ने र आफूले कसरी त्यसलाइ कार्यान्वयन गर्न सकिन्छ भनेर आफ्नो कुराहरु पनि राख्नेछन्। कार्यक्रबारे बिस्तृत जानकारी अर्को पटक प्रस्ततु गरिने छ।