-Usha KC

उषाका ५ मुक्तक

Hollywood Khabar October 16,2020 Comments

उषा के सी

मान्छे चिन्न संगत र व्यबहार गर्नु पर्दोरहेछ
खोला तर्दा बिना सहारा आफै तर्नु पर्दोरहेछ
आपतमा ज्यानै दिए पनि आफुलाई पर्दा खोई
तोलाको बचन खोलामा फाल्दै मर्नु पर्दोरहेछ

बिश्वासमा नै धोकाको खात हुनसक्छ
आफ्नो भन्नेबाट नै सधैं घात हुनसक्छ
जिबनमा अघि बढनेको खुट्टा तान्न पनि
आँखाको नानी बन्नेको नै हात हुनसक्छ

कर्म गर्नेले धर्म देख्दैन अन्धो बैरोको शासन छ
गरिब मार्नेलाई नै सधै सम्मान र भद्दा आसन छ
रोग भोक र शोकले ग्रसितलाई सधै बन्देज भो
धनिलाइ सधै दशैं छ गरिबको घरमा न रासन छ

दिलको बाटो गरि रातमा तिमि आएकै हौं
बिश्वासलाई अंगाल्दै दिलभित्र छाएकै हौं
मलाई धोका दिदै माया पनि जुत्ता झै फेर्दै
आत्मालाई छलेर धेरै चोटि अन्तै धाएकै हौं

दुनियाँले आफ्नै स्वार्थको लागि नाता गाँसेका छन्
शिकारीले झै हत्या र बलात्कार गर्दै वाँचेका छन्
लोकतन्त्रले नियम कानुन हैन ब्यक्ति बलियो बनायो
त्यसैले नैतिकता बेच्ने समाजमा स्वतन्त्र हाँसेका छन्