-USCIS Official LOGO from Google

USCIS को अनलाइन फाइलिङ्गको नयाँ डिजिटल पद्धतिका कुरा

Hollywood Khabar May 22,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२३/१९

U.S.Citizenship and Immigration Services (USCIS) ले मे २२, २०१९ मा एक सूचना जारि गर्दै आफ्नो अनलाइन फाइलिङ्ग पद्धतिमा सुधार ल्याएको जनाएको छ।

USCIS ले अनलाइन फाइल गर्ने नयाँ प्रविधिको बिकास गर्दै त्यसलाई सिमितबाट अब धेरै पिटिशन र निवेदनहरुमा सुविधा दिएको जनाएको छ। eProcessing to accelerate USCIS transition to a digital business model नाम दिइएको यो पद्धतिको विकास र व्यवस्था डिजिटल प्रबिधिको छ। यसमा निवेदन र USCIS सँग गर्नुपर्ने सम्पर्क समेतको सरल तरिका बनाइएको छ। अब धेरै निवेदन/पिटिशन इत्यादिको निर्णय समेत सोहि प्रविधिबाट नै लिन, जान्न सकिनेछ।

साथै केहि केसहरुको नयाँ ब्यबस्था समेत गरेको छ। भोकेशनलका बिधार्थीहरुले अब अनलाइनमा नै भिसा थप गर्ने निवेदन गर्न सक्नेछन। यसका साथै अब थुप्रै निवेदन र पिटिशनहरु पनि अनलाइनमा नै आउने जानकारी USCIS ले दिएको छ।

USCIS ले दिएको जानकारी अनुसार इमिग्रेशनको विभिन्न सुविधा र पिटिशन, निवेदन गरेर प्रत्येक बर्ष ८ मिलियन निवेदनहरु पर्ने गरेका छन्। अबक यो डिजिटल प्रविधिको बिकासले त्यसमा सजिलो बनाउने विश्वार पनि USCIS ले गरेको छ।

यसबारे USCIS Director L. Francis Cissna. को भनाइ USCIS बाट:

eProcessing modernizes USCIS’ work to create a paperless solution that is more effective for applicants, our officers, and our partner agencies.