USCIS ले Physicians Conrad 30 Waiver अन्तर्गत H-1B प्रकृया स्रुरु गर्न

Hollywood Khabar June 22,2017 Comments

कृष्ण के सी/अमेरिका
U.S. Citizenship and Immigration Services ले आगामी जुन २६, २०१७ सोमबार देखि सरकारी लगायत अन्य सम्पूर्ण एजेन्सीका मेडिकल डाक्टरहरुको H-1B को लागि परेका आवेदनहरुको प्रकृया सुरु गर्ने कुराको सूचनामा जनाइएको छ।
मेडिकल डाक्टरहरुको लागि बिशेष बनाइएको यो कार्यक्रमलाइ Conrad 30 Waiver program भन्ने नाम दिइएको छ। यो कार्यक्रमले आफ्नो पढाइ/तालिम सम्पन्न पश्चात बिदेसी मेडिकल डाक्टरहरुलाई अमेरिकाको गाउँ तथा शहरी क्षेत्रहरुमा हुने गरेका मेडिकल डाक्टरहरुको अभाव पुरा गर्न उक्त क्षेत्रमा काम गर्नको लागि अमेरिका बस्ने सुविधा प्रदान गर्दछ।