एयरलाइन्सका Staffing Executive को फ़्रड स्टेट्मेन्ट: USCIS

Hollywood Khabar August 16,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
U.S. Citizenship and Immigration Services (USCIS) आफ्नो सेवामा कसैले, कुनै पनि रुपमा गरेको जाल, झेल, फ़्रड स्टेटमेन्ट र फ़ट्याइ आदि कुराप्रति कारवाही गर्न कुनै कसर बाँकी राख्दैन। अगष्ट ११, २०१७ मा USCIS ले एक समाचार रिलिज गर्दै Eleno Quinteros Jr नामका दुइ-दुइ वटा एयरलाइन्स अपरेशन रिक्रुटिङ्ग कम्पनीका उपाध्यक्ष (पुर्व) ले दर्जनौ व्यक्तिका ग्रिनकार्ड फाइल गर्दा आफ़ुले ठगेको कुरा आफ्नो बयानमा स्वीकारेका छन्।
Susan Curda, director of the USCIS Los Angeles Distric ले सो संबन्धमा अगाडि भन्नु भएको छ, USCIS ले आफ्नो सेवामा कुनै पनि व्यक्ति आदीबाट हुने कुनै पनि प्रकारको झुट्टा/फ़्रड कुराहरुप्रति सुन्य सहनसिलता लिनेछ। हामी यस्ता खराव कुराहरुलाई एउटा न्यायिक कुरामा प्रभाव पार्ने कुराप्रति डटेर सामना गर्दछौ।
Quinteros ले आफुले ८५ भन्दा धेरै एयरलाइन्सका मेकानिक्स रिक्रुटिङ्ग बापत सयौं हजारौ डलर नपाएको भन्ने झुट्टा स्टेटमन्ट दिएको कुरा स्वीकारेको कुरा USCIS बताएको छ। अपराध/गल्ति स्वीकारेको बयान अनुसार कानुन मुताबिक रोजगारदाताले रोजगारी पाउनेसंग पैसा लिन पाउँदैन तर पनि Quinteros ले $567,480 रकम विभिन्न कामदारहरुबाट शुल्कबापत लिएको छ भनिएको छ। त्यस्तो रकम Quinteros ले केही कानुनी प्रकृयाका लागि (वकिल खर्च) बाहेक सबै आफैंले लिएको कुरा भनिएको छ।
Quinteros बिशेषगरि मेक्सिकोका एयरलाइन्स मेकानिक्सहरुलाई रिक्रुटिङ्ग गरेर अमेरिकामा TN or H-2B Visas दिलाउले काममा जिम्मेवार थिए।  बयान अनुसार Quinteros ले पहिला थुप्रै मेक्सिकन मेकानिक्सहरुलाई वर्किंग भिसामा अमेरिका आउन सहयोग गरे। त्यसपछि उनले ति मध्य ८५ जना मेकानिक्सहरुले अमेरिकाको स्थायी बासिन्दा (Lawful Permanent Residency) अर्थात ग्रिनकार्ड फाइल गर्नको लागि गैर कानुनी शुल्क लिएर ठगे।
Quinteros ले थुप्रै कामदारहरुलाई आफ्नी श्रीमतीको खातामा पैसा जम्मा गर्न, ब्लांक मनिअर्डर बनाउन समेत भने। अन्तत उनले आफुले झुट्टा र फर्जी कामको दावी गरेको कुरा गल्ति स्वीकार्दै बयान दिएका छन। उनले आफ्नो गल्ति मानिलिएता पनि २५ भन्दा बढी निवेदन भने उनको यो कार्यबाट प्रभावित भएका छन्। Quinteros लाइ नोवेम्भर ६, २०१७ मा Judge Michael M. Anello समक्ष सुनुवाई गर्न तोकिएको छ। अब हेर्नुछ उनी माथि अध्यागमन फ़्रडमा कस्तो सजाय हुने हो।