विनोद रोका,एटर्नी एट ल/न्युर्योक/१२/११८/१९
अमेरीकी अद्यागमन कानुन अनुसार अमेरीकाका नागरिक वा ग्रिनकार्ड भएका व्यक्तिहरुले आफनो नजीकका नातेदारहरु, श्रीमती, श्रीमान, छोराछोरी, आदिलाई अमेरीकामा स्थायी रुपबाट बस्नका लागि स्पोन्सर गर्न सक्दछन।
यसरी स्पोन्सर गर्ने निवेदन दिने व्यक्तिले विवाह तथा जन्म भएको मितिले ३५ दिन वा तोकिएको म्याद भित्रै अधिकार प्राप्त स्थानिय निकाय समक्ष गएर विवाह वा जन्म दर्ता गराउनुपर्दछ। त्यसपछि सो दर्ताको प्रमाण पत्र लिनु पर्दछ। जस्तो व्यक्तिहरुका बिचमा दावी गरिएको नाता रहेको तथ्य प्रमाणित गर्दछ। तर सो पिटिशन फाइल भने म्याद भित्रमा नै गरेको हुनुपर्छ। यदि कसैले विवाह तथा जन्मदर्ताको प्रमाणपत्र म्याद नाघिसकेको धेरै समय पछि गराएर लिएको रहेछ भने अमेरीकी अद्यागमन विभागले त्यसलाई मान्यता दिदैन।
यस्तो अवस्था रहेमा सामान्यता सेकेण्डरी ईभिडेन्सबाट विवाह वा जन्म भएको तथ्य प्रमाणित गरिनु दर्पछ। जस्ले विवाहद्धारा लोग्ने र स्वास्नीको नाता कायम भएको मिति। त्यस्तै व्यक्ति जन्मिएको मिति तथा जन्म दिने आमा र बाबुको नाम उल्लेख भएको होस। यस्को लागि सर्बप्रथम त स्थानिय निकायबाट उक्त व्यक्तिको म्याद भित्रै विवाह वा जन्म दर्ताको अभिलेख कार्यालयको अभिलेखमा छैन भन्ने व्यहोराको आधिकारीका पत्र चाहिन्छ।
दोश्रो कुरा त्यो व्यक्तिको विवाह वा जन्म भएको समयमा कम्तीमा १८ बर्ष पुगेका २ जना बुढापाका नातेदार, छिमेकीहरुले नोटराईज्ड एफिडेभिट दिनु पर्दछ। यस्ता व्यक्तिले विवाह वा जन्म भएको मिति प्रत्यक्ष रुपले थाहा पाएका हुनु पर्दछ। यस्का अतिरिक्त अन्य पुराना प्रमाणहरु पनि पेश गर्नु पर्दछ। जस्तै, विभिन्न समयमा लिएका पुराना फोटा, पत्राचार, स्कुल, चिना, अस्पताल, सरकारी अभिलेख, वैंक, ईन्सोरेन्स आदि।
यस्ता अभिलेख जहा व्यक्तिहरुका बिचको नाता सम्वन्ध, विवाह र जन्म भएको मिति उल्लेख भएको होस। यस्ता एफिडेभिटहरु नेपाली भए अंग्रेजीमा नेपली र अंग्रेजी दुवै भाषामा दक्ष भएको व्यक्तिद्धारा रित पुर्वक अनुवाद गरिएको हुनु पर्दछ। स्मरणको लागि यस्तो व्यक्ति नोटरी पब्लीक हुनु पर्दैन।
नेपालबाट ल्याइएको नोटराईज्ड एफिटडेभिट र अंग्रेजीको अनुवाद अमेरीकी अद्यागमनको प्रयोजनका लागि सामान्यतया काम लाग्दैनन। किनकि ति नोटराइज डकुमेन्ट यहाको नियमानुसार रित पुगेको हुँदैनन्।
कहिले काही अद्यागमन विभागले यी माथिका प्रमाणहरुले मात्रै पनि विश्वास गर्दैन। यदि रगतको नाताको आधारमा सम्वन्ध स्थापित गरिनु पर्ने रहेछ भने। जस्तो कि मातापिता र छोराछोरी अनि दाजुभाई र दिदी बहिनी बिचको सम्वन्ध। यस्तो अवस्थामा अद्यागमन विभागले निवेदकलाई आफनै खर्चमा अमेरीकी एशोसियसन अफ ब्लड बैंक (एएबिबी) द्धारा मान्यता प्राप्त लेबोरोटरीबाट डिएनए टेष्ट गराएर त्यस्को रिजल्ट पेश गर्ने निर्देशन दिन्छ।
भनिन्छ, डिएनए टेष्टले ९९.५ प्रतिशतको आधारमा वक्तिहरुको बिचमा रहेको भनिएको सम्वन्ध छ भनि पुष्टि गरिनुपर्छ।
मालि उल्लेख भए अनुसार यदि तपाईले पारिवारिक निवेदनको आधारमा आफना नातेदारलाई स्पोन्सर गर्न निवेदन दिदै हुनुहुन्छ। अथवा दिनु भएको छ तर म्याद भित्रै दर्ता गराएको विवाह वा जन्मदर्ताको प्रमाण पत्र छैन। अब त्यो स्थितिमा यी कुराहरुमा ध्यान दिनुहोला।
हाल अद्यागमन विभागले म्याद नाघेपछि दर्ता गराएको विवाह र जन्मदर्ताको प्रमाण पेश भएको रहेछ भने सेकेण्डरी अर्थात पुरक प्रमाणहरु माग्ने गरेको छ। यदि माग गरिए अनुसार माथि लेखिए बमोजिमका प्रमाणहरु पेश नगरेमा निवेदन खारेज गर्न सक्दछ। अहिलेको अद्यागमनले यस्ता प्रमाणहरु प्राय माग्ने गरेको र पेश नगरिएमा खारेज गरेको पाईएको छ।
बर्षौको कुराई पछि निवेदन खारेज भै फेरी अर्को नया दिनु पर्दा आफना नातेदारहरु आउने समय अझै लम्बीन सक्नेछ। उमेरको कारणले नातेदारका डिपेण्डेण्टहरु आउन नसक्ने अवस्था आउन पनि सक्दछ।
यदि तपाई परिवारका सदस्यलाई स्पोन्सर गर्न अमेरीकी अद्यागमन विभाग समक्ष निवेदन दिदै हुनुहुन्छ। अब नेपालबाट विवाह वा जन्म भएको धेरै पछाडी दर्ता गरीएका प्रमाणहरु ल्याउने भन्दा विवाह वा जन्म भएको मितिबाट तोकिएको म्याद भित्रै कार्यालयमा आई दर्ता गराएको अभिलेखबाट देखिदैन भन्ने व्यहोराको शिफारिस ल्याई कुनै दक्ष कानुन व्यवसायीको सहयोगबाट पारिवारिक निवेदनको प्रकृया अगाडी बढाउनु उचित हुन्छ।
बिनोद रोका लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुृन्छ। रोकाको ल अफिस न्युर्योक शहरको उडसाईड क्वीन्समा रहेको छ। प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो। सल्लाहको लागि होईन। तपाईको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नुहोला।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...