USCIS: ननइमिग्रेण्ट र इमिग्रेण्ट वर्कर प्रिमियम पिटिशन शुल्क परिवर्तन

Hollywood Khabar September 05,2018 Comments

कृष्ण के सी/अमेरिका
U.S. Citizenship and Immigration Services (USCIS) ले अगष्ट ३१, २०१८ मा एक सूचना जारि गर्दै इमिग्रेण्ट र नन इमिग्रेण्ट वर्कर पिटिशनको प्रिमियम शुल्क परिवर्तन गरेको जानकारी दिएको छ।

यो परिवर्तन प्रिमियम पिटिशन गर्दा नन इमिग्रेण्ट वर्करको लागि फर्म I-129 र इमिग्रेण्ट एलियन वर्कर फर्म I-140 पिटिशनको लागि अक्टुवर १, २०१८ देखि लागु हुनेछ। परिवर्तित अर्थात १४.९२ % ले बढाइएको शुल्क अनुसार उपरान्त $१४१० लाग्नेछ। यसपूर्व २०१० मा एडजस्ट गर्दा यो शुल्क $१२२५ बनाइएको थियो।