-ग्रिनकार्ड लिएर ६ महिना भन्दा धेरै अमेरिका बाहिर बस्दा के असर हुन्छ ?

ग्रिनकार्ड लिएर ६ महिना भन्दा धेरै अमेरिका बाहिर बस्दा के असर हुन्छ ?

Hollywood Khabar February 26,2020 Comments

कृष्ण के सी/अमेरिका/२/२७/२०

U.S. Citizenship and Immigration Services (USCIS) ले ग्रिन कार्ड लिएर कति समय अमेरिका बाहिर बसे नागरिकता लिन सकिन्छ भन्ने जानकारी सार्वजनिक गरेको छ। USCIS ले कंग्रेश्नल प्रयोजनको लागि दिएको सूचनामा ग्रिनकार्ड लिएर अमेरिका बाहिर कति समय सम्म बस्दा नागरिकताको लागि निवेदन दिन योग्य हुने भन्ने कुरा प्रष्ट पारेको छ।

फेब्रवरी २५, २०२० मा सूचित सो जानकारीमा स्थाई आवासीय एलियनहरुले नागरिकताको लागि दिने निवेदन कति समय सम्म अमेरिका बाहिर बसे योग्य हुने र कति बसे अयोग्य हुने भन्ने कुरा जनाएको छ। जो कोहि पनि ग्रिनकार्ड लिएका व्यक्तिले अमेरिकाबाट ६ महिना सम्म मात्र देश बाहिर बस्न पाउने छन। यो अवधिलाई सिटिजन बन्दाको बखत ज्ञाप गणना गरिने छैन।

पहिलो ६ महिनालाइ स्टाटसको सहज मेन्टेन मानिन्छ। ६ देखि १२ महिना भन्दा कम समय बाहिएर बसेको सम्मलाई नियमित आवासीय अबधि नै गणना गरिने छ। तर यो अबधि सिटिजन बन्दाको समयमा ज्ञापमा कटाइने कुरा जानकारीमा उल्लेख छ। अर्थात सिटिजनको लागि योग्य त हो तर बाहिर बसेको अबधिलाइ योग्य हुने अबधिबाट घटाइनेछ। अर्थात नागरिकताको निवेदन गर्दा ६ महिना भन्दा बढी र एक वर्ष भन्दा कम समय देश बाहिर बसेमा त्यसलाई स्थाइ बासिन्दाको नियम उलंघन गरेको मानिने छ। यस्ता बासिन्दाको बिचको अबधिको समयलाई सिटिजन बन्ने समयमा ज्ञापको रुपमा घटाइने छ।

यदि तपाइँ १ बर्ष अमेरिका बाहिर बस्नुभयो भने, ५ वर्षमा सिटिजनको लागि निवेदन योग्य हुनेथियो अब भने ६ बर्षपछि मात्र योग्य हुन सक्छ। अथवा सिटिजनको लागि तपाइले निवेदन दिएपछि पनि अफिसरले ब्याकग्राउण्ड हेरेर सो अबधि घटाइदिन सक्छन। एक बर्ष भन्दा धेरै बाहिर बसेकाहरुको हकमा भने केश अनुसार फरक फरक निर्णय हुन सक्दछ।

प्रष्ट रुपमा भन्दा देश बाहिर जान पाइने भएता पनि नियमित रुपमा स्टाटस भने ६ महिना भन्दा कमको अबधिलाइ मात्र सहज मानिने छ। कानुन विदहरु भने सिटिजन नहुँदा सम्म सकेसम्म अमेरिका बाहिर नजानु नै उत्तम हो भन्दछन।