USCIS

USCIS: ३ मध्ये २ जना आवेदकले अमेरिकाको सिटिजन टेस्ट पास गर्दैनन

Hollywood Khabar October 15,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिकामा कुनै पनि एलियनले स्थायी बासिन्दा भएको निश्चित समय पुगेपछि नागरिकताको लागि आवेदन दिन पाउँछन।

सबै एलियनहरुले अमेरिकी नागरिक हुन सिटिजन टेस्ट दिनुपर्छ। टेस्ट भनेको अमेरिकी सरकार र इतिहासको बिषयलाइ (English and Civics Testing) दिने परिक्षा हो। ती बिषयमा अंग्रेजीमा बोल्न, पढ्न र लेख्न सक्नुपर्छ। तर ५० बर्ष उमेर नाघेका बिगत २० बर्ष देखि ग्रीनकार्ड भएका या ५५ बर्ष उमेर पुगेर १५ बर्ष देखि ग्रीनकार्ड भएका व्यक्तिले भने अंग्रेजी बोल्न, लेख्न र पढ्न नजाने पनि हुन्छ। उनीहरुले अमेरिकी इतिहास टेस्ट भने आफ्नै भाषामा पनि दिन पाउँछन्।

त्यसैगरी १९९४ मा अमेरिकी कंग्रेसले एउटा Medical Exception Requirements बिल पास गरेको छ । जस अनुसार शारीरिक रुपमा अपाङ्गता, दिमागी रोग या तेस्तो शारीरिक कारण कोहि पढाइ-लेखाइ गर्न सक्दैन भने उनीहरुले सिटिजन टेस्ट दिनुपर्दैन। केवल निवेदन मात्र भए पुग्छ। खासगरी १०० जति प्रश्नावली छन्। तिन मध्येबाट सोधिने मौखिक १० मा ६ वटा पास गर्नुपर्छ। अनि तेस्तै लेख्ने र बोल्ने पनि टेस्ट हुन्छ।

अक्टुवर १२, २०१८ मा U.S. News ले Woodrow Wilson Foundation ले गरेको एउटा अध्ययन रिपोर्ट भन्दै एउटा समाचार दिएको छ। जस अनुसार अमेरिकामा सिटिजनको लागि दिने आवेदनमध्ये दुइ तिहाइले टेस्ट पास गर्दनन।