USCIS को Asylum मा नयाँ नियम झन् प्रभाकारी: Esq यज्ञ नेपाल

Hollywood Khabar January 30,2018 Comments

कृष्ण के सी/अमेरिका
U.S. Citizenship and Immigration Services (USCIS) ले Asylum संबन्धी जनवरी ३१, २०१८ मा एक नया नियम कार्यान्वयन गर्ने कुरा जानकारी गराएको छ। नीति अनुसार नयाँ अर्थात पछ्हिल्लो २१ दिनभित्र पेण्डिङ् रहेका Asylum पिटिशनको पहिला निर्णय गरिनेछ।
USCIS ले अब देखि पहिलाको भन्दा तत्कालको फाइलको अन्तरवार्ता पहिला स्क्याजुल गर्नेछ। यसो गर्दा एजेन्सीमा फाइलको भोल्यूम घट्नेछ। नयाँ नियम अनुसार कतिपय फ्रड आवेदनहरुको छिनोफानो तुरुंन्त गर्न सकिने मात्र होइन अस्विकृतहरुलाई छिटोभन्दा छिटो डिपोर्टेशन प्रकृयामा जान समेत सजिलो हुनेछ।
एजेन्सीले दिएको जानकारी अनुसार जनवरी २१, २०१८ सम्म ३११,००० Asylum आदेदनहरु पेण्डिङ्मा छन्। उसै पनि एजेन्सीमा अन्तिम ५ वर्षमा Asylum गर्नेहरुको संख्या १७५० प्रतिशतले बढेको छ। नयाँ Asylum आवेदन गर्नेहरुको संख्या पनि तिनगुणाले बढेको छ।
एजेन्सीले २०१४ सम्म १९९५ को नीति अनुरुप पहिला आउनेलाइ पहिलो प्राथमिकता अनुसार केश निर्णय गर्ने प्राक्टिस गरेको मा अब भने लास्ट इन फस्ट आउट नीतिलाइ अबलंबन गरेको छ।
यो बिषयमा नेपाली मुलका अमेरिकी इमिग्रेशनका कानुन ब्यबसायी यज्ञ नेपालले नयाँ नीति झन प्रभावकारी हुने कुरा बताउनुभयो। नेपालीहरुका पेण्डिङ् आवेदनको वर्कपरमिट त छँदैछ तर नयाँ आवेदकहरुलाई पनि आफ्नो केशको छिटो निर्णय हुनेहुँदा खराब हुने अवस्था देखिंदैन। उहाँले कानुनी रुपमा ४५ दिनमा फैसला/निर्णय गर्ने कुरालाइ हाल इन्फोर्स गर्न खोजिएको कुरा समेत जानकारी गराउनु भयो। नेपालका अनुसार पेण्डिङ् रहेका पुराना फाइलहरु नियमित रुपमा हुने भएता पनि नयाँ आवेदनहरुको निर्णय भने पहिला हुनेछन अर्थात लास्ट इन फस्ट आउट हुनेछ।