-उषा के सीकाे मुक्तक सङ्ग्रह उषाकाे प्रहर

मुक्तक सङ्ग्रह, उषाकाे प्रहर बजारमा

Hollywood Khabar July 17,2020 Comments

कृष्ण के सी/अमेरिका/७/१८/२०

मुक्तककार उषा के सीकाे मुक्तक सङ्ग्रह उषाकाे प्रहर सार्वजनिक भएर बजरामा आएको छ। २०७७/३/२५ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कृतिकाे लाेकार्पण गरेका हुन्।

सो संबन्धि समाचार हलिउडखबरका परम मित्र दिपक बिष्टले साइटमा पोष्ट गरेपछि फोटोतिर मेरो ध्यान केन्द्रित भयो। एउटै जिल्लाको भएपछि अलिकति चासो हुने रहेछ। त्यसमाथि पनि उहाँ त पहिला देखिको चिनेको मान्छे। किताब पढ्ने दिन कहिले जुर्ला त्यो त थाहा छैन। तर पनि आज पुस्तकबारे अलिकति थप कुरा सार्वजनिक गरिएको छ।

लोकापर्णमा भाैतिक दुरी कायम राख्दै आयाेजना गरिएकाे विशेष कार्यक्रममा बाेल्दै कुलपति उप्रेतीले काेभिड-१९ काेराेनाकाे महामारीमा बेला पनि पुस्तक प्रकाशन गर्नु सह्रानिय कार्य भएकाे बताए। मुलुकमा काेराेना सङ्क्रमित देखिन थालेपछि सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरिएकाे र उक्त समयलाई सर्जकहरूले उपयाेग गरि सृजनामा आफुलाई लगाईरहकाे अवस्थामै आएकाे मुक्तक सङ्ग्रह उषाकाे प्रहर केसीकाे साहित्य यात्रा र प्रकाशनकाे पहिलाे प्रहर भएकाे बताए।

मुक्तककार केसीले काेराेना महामारीकाे त्रास र समस्यामा परेका आम नेपालीले भाेग्नु परेकाे पिडा, मुलुकमा रहेका बेथिती र सामाजिक विकृतीलाई मुक्तकबाटै आफुले आवाज उठाएकाे बताईन्। मुक्तक सङ्ग्रहकाे भाषा सम्पादन र मुद्रण व्वस्थापन गाेरखापत्रका भाषा सम्पादक ममता मृदुल श्रेष्ठले गरेका छन्। कृति गाेदावरी साहित्य परिषदले प्रकाशन गरेकाे हाे।

कार्यक्रम आयाेजक तथा गाेदावरी साहित्य परिषदका सचिव रत्न विरहीले सञ्चालन गरेका थिए। कार्यक्रमा प्राज्ञ डा देवी नेपाल डा हेमनाथ पाैडेल, माेहन केसी, सर्जक विमुन्स पाैडेल, राधा दुलाल कार्की, लगायत उपस्थित रहेका थिए।