-COVID-19 आउट्ब्रेक: एमेरिकामा संक्रमित १२५, ४३३, मृत्यू हुने २२०१ जना

COVID-19 आउट्ब्रेक: एमेरिकामा संक्रमित १२५, ४३३, मृत्यू हुने २२०१ जना

Hollywood Khabar March 28,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२९/२०

मार्च २९, २०२० बिहान प्यासिफिक समय १०:३२ बजे सम्म Coronavirus (COVID-19) बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २२०१ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरु भने १२५,४३३ जना पुगेका कुरा JHU ले दिएको रिपोटमा उल्लेख छ। उसो त धेरैजना स्वास्थ्य लाभ गर्दै गरेका छन् र हाल सम्म स्वास्थ्य लाग भएका मध्ये २६१२ जना भनिएको छ। संक्रमतिको तुलनामा मृत्यू दर कम गर्न अमेरिका सफल भएको छ। यसका लागि पछिल्लो समय गरिएको स्टे एट होम अर्डर, सोसल डिस्ट्यान्सिङ जस्ता कुराले मद्धत पुग्ने देखिन्छ।