अमेरिकामा खेतलाकारिता गर्नेको मुखमा मुलधारको हुँङकार

Hollywood Khabar May 12,2018 Comments

कृष्ण के सी/अमेरिका

अचम्म लाग्न सक्छ अमेरिकाको ९ सय ५ मिडिया जम्मा ६ वटा कर्पोरेटले कब्जा गरेका छन् । तीनलाई नै अमेरिकाको पत्रकारितामा मुलधार मान्ने गरेको देखिन्छ। समाज र राज्यका मुलभुत विषयमा राष्ट्रिय स्तरको वहस चलाउन सक्ने सन्चार माध्यमहरुमा निरन्तर काम गर्नेहरुलाई मुलत मुलधारको पत्रकार मानिन्छ। अमेरिका आएर पत्रकारितामा लागेका एक दुई जना नेपाली वाहेक अरु मुलधारमा छिर्न सकेका छैनन्। जसले अमेरिकाका ठुला मिडिया हाउसमा वसेर काम गरे तीनले त आजसम्म अमेरिकाको मुलधारको पत्रकारिता गरे भनेर सार्वजनिक रुपमा वोल्ने गरेका छैनन् ।

अहिले अमेरिकाको मुलधारको पत्रकारीतामा जोडिएको हुँङकार गर्ने एकदुई जनाको नाम कुनै पनि ठूला सन्चारमाध्यममा देखिएको छैन । मुलधारमा वसेर पत्रकारीता गर्ने हैसियत भएकाले त यस्तो हल्ला गर्दैनन् । अनि अमेरिकाको कुन चाहिं मुलधारको पत्रकारिता गर्दै गरेकाहरुले छुट्टै संस्था खोल्ने हल्ला गरेका हुन् वुझ्न सकिएन ।

पत्रकार हुँ भन्नका लागि आम समुदायलाई सूचित गर्न समाचार संकलन, संपादन र प्रकाशन वा प्रसारणमा निरन्तर लागेको हुनुपर्छ। पत्रकारले सवै पक्षका वीचारलाई समान रुपमा स्थान दिन्छ । पत्रकारले समाचारमा वीचार लाद्दैन । लेख र समाचारमा नै फरक नथापाउनेहरु नै आफूलाई ठुलो पत्रकार ठान्छन् । कुनैको पक्षपोषण गर्न वा निहित स्वार्थमा खेतला वनेर दुईचारवटा एकांकी लेख नेपाली अनलाईनमा छपाएर अमेरिकाको मुलधारको पत्रकारीता गर्दैछु भन्नु मजाक मात्र हो ।

अमेरिकी मुलधारका पत्रपत्रिका र अनलाईमा पत्रकार वाहेक पाठक वा सर्वसाधरणले आफ्ना कुरा लेख्न सक्छन् । जस्तो हफिङटन पोष्टको एउटा कमन प्लाटफर्म छ जहाँ माग्ने, थाग्ने, चोर,फटाहा, डाका, साधु, सन्त वा विज्ञ लेखक जसले पनि कुनै विषयमा राम्रोसँग लेख तयार गरेर छपाउन सक्छ । त्यस्तो प्लाटफर्ममा लेख्दैमा मुलधारको पत्रकारीता गरेको मानिदैन। तर त्यसलाई भजाएर नेपालीलाई ठग्दै हिड्न पल्केका दुईचारजनालाई मागिखाने भाडो वन्नसक्छ मुलधारे पत्रकारीताको  हुँङकार।

हुन त नेपालका ठुला मिडिया हाउसमा काम गरेका थुप्रै पत्रकारहरु अहिले अमेरिकामा छन् । तर कोही पनि अमेरिकाको मुलधारको पत्रकारीतामा छिर्न सकेका छैनन् । तर पनि धेरैजसोले आफू वाहेक अरुलाई पत्रकार पनि मान्दैन्। आफैलाई मुलधारको ठान्छन्।  मुलधारका पत्रकार हुँ भन्न खोज्ने धेरैको हैसियत नेपाली अनलाईनमा वर्षमा दुईचारवटा लेख, फेसवुकमा गीत संगीत र वर्थ डे पार्टीको लाईभ, फेसवुक वालमा दुईचारलाई कुतर्क र दम्भ प्रदर्शन गर्नमा सिमित भएको छ।

यहाँ फष्टाएउदै गएको छ फेसवुक स्टन्ट, ग्रुप म्यासेन्जरकारिता, खेतालाकारिता, हनुमानकारिता, मागीकारिता, चाटुकारिता, कपिपेष्टकारिता। खै कसरी वाच्छ पत्रकारीता ? खै कता के गर्दैछ नेपाल अमेरिका पत्रकार संघ-नेजा ? राम्रा पत्रकार र लेखकलाई प्रोत्साहित गर्ने काम किन भएका छैनन् ?

न्यूयोर्क र डी सी क्षेत्रमा लामो समय सिमित भएको नेजाले टेक्सास र क्यालिफोर्नियामा अधिवेशन गर्दा केही राम्रा पत्रकार र अनलाईन थपिएका छन्। अव नेजाले अमेरिकाका नयाँ सहरमा कार्यक्रम गर्दै गएमा लुकेर वसेका प्रतिभाशाली पत्रकारहरु वाहिर आउने देखिन्छ। ब्यबसायीक हिसावले अनलाईन र पत्रकार वढ्दै जानु सुखद पक्ष हो। यहीवाट पत्रकारहरु अमेरिकाको मुलधारमा जान सक्छन्।

भेला, गोष्टि र ठुलो गफले कसैलाई मुलधारमा पुर्याउन सक्दैन। ठुलै उपलब्धि भयो भनेर मिथ्या हल्ला गर्न नेपालमा एनजीयो, आइएनजीयोका दलालहरुले मालिक रिजाउन गर्ने सेमिनार गर्न कसैले सिकाइ राख्नै पर्दैन। दुनियालाई थाहा छ, पत्रकारीता त कलमको वलमा अगाडि वढ्छ, गोष्टिबाट होइन ।

अव नेजा अधिवेशनको कुरा गरौ। यो पक्तिकारको पाँच वर्षको अनुभवमा नेजा जव अधिवेशनको तयारीमा लाग्छ त्यहाँ सदस्यता र समिति गठनका कुराहरु विवादमा आउछन्। जहाँ पनि पक्ष विपक्ष भइनै हाल्छ। कमजोर पक्ष जहिले पनि वढि हल्लाखल्ला गर्छ। गत अधिवेशनमा एउटै अनलाइनका लेखक पत्रकार १५ जना नेजाको सदस्य भए। त्यही अनलाइनका चार जना नेजाको नेतृत्वमा अहिले पनि छन्। तर त्यही अनलाइनका लेखक पत्रकार अहिले अरु मिडियाले नेतृत्व हत्याउन सिन्डिकेट गरेको हल्ला गर्दैछन्। चुनाव र आफ्नो मात्र अनुकुलतालाई हेरेर गर्ने फण्डाले नेजा पत्रकारहरुको संस्था जस्तो देखिन सकेको छैन।

नेपालमा हुँदा सम्पादक भएको, ब्यूरो हाँकेर आएको, यस्तो तेस्तो भन्दै मुलधार र कुलाधारको बिषयमा धेरै कुरा उठाउने पत्रकारहरुको हैसियत नेजामा छिरेपछि देखिने गरेको छ। जहिले पनि नेजा वाहिर रहदा ठुलो गफ गर्नेहरु नेतृत्वमा गएपछि नेजालाई नै दुषित बनाउछन्। नेजालाई दुषित आत्माहरुको खेलवाट वाहिर निकाल्ने विषयमा सोचौं।