-अमेरिकामा नेपाली व्यवसायीको होटलमा लगानी

अमेरिकामा नेपाली व्यवसायीको होटलमा लगानी

Hollywood Khabar March 19,2020 Comments

नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम वढिरेहेको छ। स्टोर, ब्यूटी सैलुन देखि होटलसम्म लगानी विस्तार गरेका छन्। यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् ।

कर्नेश सिटी स्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन। ६९ कोठाको उक्त होेटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा रहेको छ। लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक कृयाकलाप विस्तार भईरहेको कर्नी सिटीको यो होटलमा हामीले लगानी गरेका हौं व्यवसायी विकल ढकालले भने। ढकालले यसअघि टेक्सस डलासमा स्टोर लगायतमा लगानी गर्दै आएका थिए।

अर्का व्यवसायी विकासराज न्यौपाने होटलका साझेदार हुन् । यो हाम्रो नयां शुरुआत हो तर, यो क्रम यही रोकिने भन्ने छैन विकलले भने हामी अझै नयां होटल लगायत व्यवसाय थप्ने क्रममा छौं ।यो लगानी सगैं आफुले व्यवसायपनि विविधिकरण गरेको उनले वताए ।

उक्त होटलमा करिव ७० लाख अमेरिकी डलर लगानी भएको अर्का व्यवसायी विकासराज न्यौपाने वताईएको छ। व्यवसायमा यत्रो लगानीगर्दा जोखिम त हुन्छ विकलले भने तर, वित्तीय तथ्यांकहरु राम्रोसंग विश्लेषण गरेका कारण हामीले त्यस्तो नोक्सानी हुने कुनै संभावना देखेका छैनौं।

कोरोना भाइरस लगायतले व्यवसायमा केही सुस्तता देखिएपनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको विकलले वताए। राम्रो समय त आईहाल्छ, यसका लागि हामीले तयारी गर्दै छौं उनले भने। होटलको वित्तीय विवरण, अकुपेन्सी लगायत आम्दानी राम्रो रहेको उनले वताए। लाकुन्ता होटल फ्रन्चाईजी हो। अमेरिकामा यस ब्राण्डका हज्जारौं होटल छन् ।

उक्त होटलले सन् २०१६ वाट व्यवसाय शुरु गरेको थियो । कर्नेश सिटी करपस क्रिष्टी र सनएन्टीनोको विचमा रहेको छ। यसले गर्दा टेक्ससको समुन्द्र भएको शहर करपस क्रिष्टी र सनएन्टीनो घुम्न आउने पर्यटकका लागि पनि यो होटल वसाईका लागि उपयुक्त हुन्छ।