-NRNA VP MS Sapila Rajbhandari

NRNA:एनसीसी अमेरिकाको डेलिगेट्स इनभ्यालिड हुन सक्छ-उपाध्यक्ष राजभण्डारी

Hollywood Khabar September 06,2019 Comments

कृष्ण के सी/अमेरिका/९/५/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले गैरआवासीय नेपाली संघको बिधि-बिधान र निर्देशिका नमाने डेलिगेट्स इनभ्यालिड हुन सक्ने भएको छ।

गैरआवासीय नेपाली संघले २०१५ देखि नै सदस्यहरु मेम्बर्शिप इन्फर्मेशन सिष्टम (MIS) मा जान भनेकोमा अमेरिकाले सो गरेको छैन। अब लगभग ३० दिन जति बाँकी छ तर पनि निर्देशन अनुसार भएन भने आइसिसिले अप्रिय निर्णय गर्न सक्ने कुरा संघकी अन्तराष्ट्रिय उपाध्यक्ष सपिला राजभण्डारीले बताएकी छन्। हाल संघको नेपाली भाषा-साहित्य कमिटिको प्रथम सम्मेलनका लागि अमेरिका आएकी संघकी उपाध्यक्ष राजभण्डारीले टेक्सासमा आयोजित एक अन्तर्क्रियामा सो कुरा उल्लेख गरकी हुन्।

सो बिषयलाई थप पुष्टि गर्न उपाध्यक्ष राजभण्डारीसँग हलिउडखबरले सेम्टेम्बर ६, २०१९ मा राखेको जिज्ञासामा उनले भनिन- यो सिष्टम २०१५ देखि अमेरिकाले गर्नुपर्ने थियो। त्यो समय गरेन, २०१७ मा पनि भएन ऐले पनि निर्वाचन भएको ९० दिन नाघ्न लागि सक्यो भएको छैन। अब सिष्टममा मेम्बरहरु अपलोड गरेको छैन। काठमाण्डौमा संघमा कर्मचारीहरु धेरै छैनन्। अमेरिकाबाट समयमा नै त्यो प्राप्त भएको पनि छैन। यति धेरै ८/९ हजार मेम्बर एक-एक गरेर अपलोड गर्न टाइम पनि पुग्दैन। उहाँहरुलाई २००/३०० गर्दै दैनिक भएपनि अपलोड गर्दै जानु भनेको हो त्यो पनि भएन।

अब यो ग्लोबल आइडी कार्ड मेम्बर्शिपका आधारमा बन्ने हो। सबै एनसीसीको हुन्छ, ३० देश जतिको प्रिन्ट भएर पठाइसकियो। कति देशमा त त्यसैलाई प्रवेश कार्ड मानेर एनसीसी अधिवेशन नै गरिसके। तर संसारको यति ठूलो र चर्चित देश अमेरिकामा भने गुनासो नै होस भन्ने मेरो अपेक्षा थियो। तर भएको छैन। अब पनि टाइम छ, एनसीसी अमेरिकाले सिष्टम पालन गरेर काम सकोस भन्ने मेरो आग्रह हो। होइन भने यो पटक सिष्टममा नहुँदा डेलिगेट्स इनभ्यालिड हुनसक्छन।

मैले यसो भन्दै गर्दा तपाइँहरुलाइ कस्तो नराम्रो बोलेको जस्तो लाग्छ तर पनि संघको निर्णयलाइ मान्नु पर्नेथियो। यो सँस्था हामी संसार भरिका नेपालीहरुको हो। अझै पनि समय छ, उहाँहरु सिष्टममा आउनुपर्यो भोग्नु पर्यो, भण्डारीले भनिन।