https://www.youtube.com/embed/bKMj8jzRLS4

US ImmigrationForum with Yagya Nepal Esq.

राष्ट्रपति ट्रंपको कार्यकारी आदेशले नेपालीहरुलाई के कस्तो असर गर्छ

Hollywood Khabar January 30,2017 Comments

राष्ट्रपति डनल्ड जे ट्रंपका धेरै मध्ये पछिल्लो राष्ट्रिय सुरक्षासँग गासिएर आएको इमिग्रेशनको आदेशबारे विभिन्न समाचार र भ्रमका साथै व्यक्तिपरक ब्याख्या गर्न थालिएको छ।नेपालीहरुमा थोरै अन्योल र भ्रम पनि सृजना भएको छ। भनिएको जस्तो असहज अवस्था भने नेपालीहरुको लागि छैन।

उसो त सो कदम प्रति अटेर गरेको भन्दै कार्यबाहक अटर्नी जनरल नै बरखास्तीमा परेको अवस्था हो। तेस्तै १६ भन्दा धेरै स्टेट अटर्नी जनरलहरुले सो कदमको कानुनी चुनौती समेत दिनु भएको छ। ट्राभल ब्याण्ड गरिएका ७ देशको समर्थनमा अमेरिकाका धेरै एयरपोर्टहरुमा प्रदर्शन भएका छन्। केहीलाई डिटेन्शनमा समेत राखिएको छ।  

उक्त व्यवस्थाले नेपाली समुदायलाई कसरी असर गर्छ र अब के के उपायहरु हुने र टिपीएस मात्र स्ट्याटस भएकाहरुले के गर्ने भन्ने जस्ता बिषयमा गरिएको अमेरिकी इमिग्रेशन अटर्नी यज्ञ नेपालसँग कृष्ण के सीले गरेको कुराकानी यो भिडियोमा।