-डिपर्टमेण्ट अफ स्टेट-Level 4 निर्देशन:अमेरिकी नागरिकहरु देश बाहिर नजानु विदेशबाट तुरुन्त फर्कनु

डिपर्टमेण्ट अफ स्टेट-Level 4 निर्देशन:अमेरिकी नागरिकहरु देश बाहिर नजानु विदेशबाट तुरुन्त फर्कनु

Hollywood Khabar March 18,2020 Comments

कृष्ण के सी/अमेरिका/३/१९/२०

कोभिड १९ का कारण अमेरिकाको डिपर्टमेण्ट अफ स्टेटले चौथो तहको अर्थात Level 4 को निर्देशन जारी गर्दै तत्काल अमेरिकी नागरिकहरुलाई देश बाहिर नजान र विदेशमा हुनेहरु तत्काल फर्कन निर्देशन दिएको छ।

मार्च १९, प्यासिफिक समय अनुसार साँझ ४:५९ बजे The Department of State ले सो Level 4 को निर्देशन जारी गरेको हो। अमेरिकी नागरिकहरुलाई जारि गरिएको चौथो तहको सो निर्देशन भनेको अत्यन्तै उच्च र संकटको समयमा मात्र दिइने निर्देशन हो। चौथो तहको निर्देशनको अर्थ यात्रा गर्नु हुँदैन, नगर्नु भन्ने हुन्छ।

COVID-19 का कारण आम नागरिकहरुलाई यात्रा नगर्न दिइएको सो निर्देशनमा ब्यबसायिक यात्रा भने कायम रहने छ। अमेरिकी नागरिक जो हाल अमेरिकामा छन् उनीहरु बाहिर नजानु र जो बाहिर छन् तुरुन्तै देश फर्कनु अन्त्यथा लकमा परिने र अनिश्चित काल सम्मको लागि सोहि देशमा रहनु पर्ने हुनसक्छ। जो विदेशमा छन् उनीहरुले पनि तत्काल अन्तराष्ट्रिय यात्रा बन्द गर्नु, निर्देशनमा भनिएको छ।

COVID-19 outbreaks ले गर्दा यात्राको ति संक्रमित देशहरुमा क्वारेण्टिनमा बस्नुपर्ने हुन सक्छ। थुप्रै देशहरुले यात्रा माथि प्रतिबन्ध लगाउँदैछन त्यस्तो स्थितिलाइ मध्ये नजर गर्दै सम्पूर्ण नागरिकहरु जति सक्दो छिट्टो घर फर्कनु। जो अमेरिकामा छन् उनीहरु बाहिर नजानु। यति मात्र होइन कतिपय देशले अन्य देशका नागरिकहरुलाई फर्कन नदिन सक्छन। थुप्रै एयरलाइन्सले फ्लाइट क्यान्सिल गरिसके। यस्तो स्थितिमा यदि कोहि अमेरिकी नागरिकले यात्रा गर्ने निर्यण गरे भने अनिश्चित काल सम्मको लागि देश बाहिर रहनु पर्ने हुनसक्छ।

विदेशमा रहेका नागरिकहरुले यात्रा संबन्धि सूचनाको लागि Smart Traveler Enrollment Program (STEP) आफ्नो सूचना भर्नु। थप जानकारी र सहयोगको लागि नजिकको U.S. Embassy तथा Consulate मा सपर्क गर्नु। अथवा निम्न नम्बरमा फोन गर्नु : 1(888) 407-4747 (toll-free United States and Canada) र 1 (202) 501-4444 अमेरिका बाहिरका लागि।

यदि पहिला नै देश बाहिर हो भने, तलको निर्देशन साइटबाट कपि गरिएको:

  • Consider returning to your country of residence immediately using whatever commercial means are available.
  • Have a travel plan that does not rely on the U.S. Government for assistance.
  • Review and follow the CDC’s guidelines for the prevention of coronavirus.
  • Check with your airline, cruise lines, or travel operators regarding any updated information about your travel plans and/or restrictions.
  • Visit travel.state.gov to view individual Travel Advisories for the most urgent threats to safety and security.
  • Visit our Embassy webpages on COVID-19 for information on conditions in each country or jurisdiction.
  • Visit the Department of Homeland Security’s website on the latest travel restrictions to the United States