९ असोज काठमाडाैँ ।अमेरिकी डलरको भाउले आकाश छोएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा छ भने बिक्री दर राष्ट्र बैंकले ११६ रुपैयाँ ५२ पैँसा तोकेको छ ।निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिन यता स्थिर देखिएकाे थियाे । अमेरिकी डलरकाे भाउ २४ घण्टा भित्रै करिब १ रूपैयाँले बढेकाे हाे । नेपाल राष्ट्र बैंकले हिजाे निर्धारण गरेको मूल्य अनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ २२ पैँसा र बिक्री दर ११५ रुपैयाँ ८२ पैँसा ताेकिएकाे थियाे । डलरकाे मुल्यमा भएकाे वृद्धिसँगै अन्य मुद्राहरूसँगकाे खरिद बिक्री दर पनि प्रभावित भएकाे छ ।
राष्ट्र बैंकले युरो एकको खरीद दर १३६रुपैयाँ ३८ पैसा र बिक्री दर १३७ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिङ्गिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २२ पैसा छ । कतारी रियाल एकको खरिद दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ एक पैसा रहेको छ । कुवेती दिनार एकको खरिद दर ३८३ रुपैयाँ ८३ र बिक्री दर ३८४ रुपैयाँ छ ।
त्यस्तै, दक्षिण कोरियन एक सयको खरिद दर १० रुपैयाँ ३८ पैसा र बिक्री दर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । हङ्कङ डलर एकको खरिद दर १४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४ रुपैयाँ ९२ पैसा तय भएको छ । यो विनियम दरलाई बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...