यो हप्ता अन्तरिक राजश्वोले डिश्प्याच सुरु गरेको पेण्डामिक स्टिमुलसको १४०० डलर रकम केहि अमेरिकनहरुको खातामा जम्मा भएको छ।
राष्ट्रपति जो बाइदेनको १.९ ट्रिलियन डलरको इतिहासमा नै सबै भन्दा ठूलो स्टिमुलस बजेट अमेरिकी कंग्रेसले बाइपार्टेशनबाट पास गरेको थियो। सो निर्णयलाइ बाइदेनले गत शुक्रबार हस्ताक्षर गरेर कानुनि हैसियात दिएसंगै अन्तरिक राजश्वोले रकम वितरण रिलिज गर्न सुरु गरेको छ।
यो पटक प्रति व्यक्तिले १४०० अमेरिकी डलर पाउने छन्। आइआर एसका अनुसार कतिको डाइरेक्ट डिपोजिट हुनेछ, कतिले चेक मेलामा पाउनेछन त कतिले डेबिट कार्ड पाउने छन्। तर पनि डिश्प्याच भने द्रुत गतिमा गरिनेछ। गत पटक भन्दा यो पटकको फरक कुरा भनेको प्रतिव्यक्तिले पाउने सहयोग हो। पारिवारिक लिमिट छैन।
मार्च १५, २०२१ सोमबार देखि आआफ्नो पेमेन्टको अवस्था हेर्न IRS को Get My Payment मा जानुपर्छ। यसको लिंक: https://sa.www4.irs.gov/irfof-wmsp/notice हो।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु