-नेप्लिज फर वाईडेन--Nepalese for Biden

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

Hollywood Khabar September 19,2020 Comments

हलिउडखबर संवाददाता, मेरिल्याण्ड सेप्टेम्वर १९, २०२०
 
अमेरिकाको मूलधारको राजनीतिमा समाहित हुने अभियान अन्तरगत आगामी नोभेम्वर महिनाको ३, २०२० का दिन हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट राष्ट्रपतिको रुपमा जो वाईडन र उपराष्ट्रपतिको रुपमा कमला हयारिस मैदानमा हुनुहुन्छ।
 
उहाँहरुको विजयले मात्र हामी नेपाली अमेरिकनको पनि साझा एजेण्डा अगाडि वढन सक्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं। यसै सिलसिलामा आगामी सेप्टेम्बर २०, २०२० आईतवार अमेरिकाको राजनीतिमा विशेष महत्व र पहुँच राख्नुहुने डेमोक्रयाटिक पार्टीका शीर्षस्थ व्यक्तित्वहरुले नेपाली अमेरिकनलाई सम्बोधन गर्नुहुनेछ। भर्चुअल रयालीमा निर्वाचित जनप्रतिनिधीहरु तथा पार्टी पंक्तिवाट गरिने सम्बोधन कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।
 
उक्त भर्चुअल रयालीमा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा प्रभावशाली भूमिका निर्वाह गर्नुहुने सिनेटर क्रिश भ्यान होलेन अतिथि वक्ताको रुपमा सहभागी हुनुहुनेछ। नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ । सन् २०१८ को मिड टर्म निर्वाचनमा डेमोक्रयाट पार्टीको कंग्रेसनल उमेदवारहरुलाई विजयी गराउन गठित निर्वाचन समितिको संयोजक भएर तल्लो सदनमा डेमोक्रयाट पार्टीको वर्चस्व कायम राख्न होलेनको महत्वपूर्ण भूमिका रहेको थियो ।
 
कार्यक्रममा क्यालिफोर्नियाबाट कंग्रेसउमन रहनु भएकी लिन्डा टि सेन्जेन, मेरिल्याण्ड राज्यका विधायक एवं नेपाली मूलको पहिलो निर्वाचित साँसद हयारी भण्डारी, डेमोक्रयाट पार्टीको एशियन अमेरिकन पेसिफिक आईल्याण्डरकी अध्यक्ष वेल हङ्ग, डेमोक्रयाट पार्टीका मेरिल्याण्ड राज्यका सचिव रोवि लियोनार्डले सम्वोधन गर्नुहुनेछ। उक्त कार्यक्रममा सहभागी भएर हामीहरुको सामूहिक चासोमा ऐक्यवद्धता जनाउनुहुन अनुरोध गर्दछौं।
 
कार्यक्रम आगामी सेप्टेम्वर २०, २०२० आईतवार, समय अपरान्ह ३ वजे (EST)
सहभागी हुन यो लिंकमा नाम दर्तागर्नुहोला: https://www.mobilize.us/mddems/event/325479/
 
विस्तृत जानकारीको लागि वेभसाईटमा जानुहोला
 
नेप्लिज फर वाईडेन
सेप्टेम्वर, २०२०