-अमेरीकामा सम्पन्न च्याम्पियनशिपमा गोेर्खाज ताईक्वान्डोेमा अष्ट्रेलियालाई ७ मेडल

अमेरीकामा सम्पन्न च्याम्पियनशिपमा गोेर्खाज ताईक्वान्डोेमा अष्ट्रेलियालाई ७ मेडल

Hollywood Khabar January 06,2021 Comments

आइओएफटिसीले हरेक दुई बर्षमा आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय आइओएफटिसी पुम्से च्याम्पियनशिपमा गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलियाका ७ जना खेलाडीले मेडल प्राप्त गरेका छन्। विगतका बर्षहरुमा भौतिक उपस्थितीमै आयोजना गरिने उक्त प्रतियोगिता यस बर्ष अनलाइनबाटै आयोजना गरिएको थियो। कोभिड १९ संक्रमनको महामारीले बिश्वलाई त्रास बनाइरहेको अवस्थामा आयोजित यस त्याम्पियनसिपले खेलाडीहरुको मनोवल बढाउदै हौसला प्रदान गरेको आयोजकले बताए।

अमेरिकामा मुख्य कार्यालय रहेको आइओएफटिसीले आयोजना गरेको सो प्रतियोगितामा बिश्वभरीबाट सहभागिता हुने गरेको छ भने बिश्व ताईक्वान्डो प्रशिक्षकहरुबाट मान्यता प्राप्त समेत रहेको छ । उक्त प्रतियोगितामा गोेर्खाज ताईक्वान्डो अष्ट्रेलियाबाट ९ जनाले सहभागिता जनाएका थिए भने ७ जनाले मेडल प्राप्त गरेका छन । जसमध्ये प्रसुन विभा श्रेष्ठ, प्राची मिश्र, अनुभा अधिकारी र लव रुवालीले कास्य पदक पाएका छन् ।

त्यसैगरी कृषाना गिरी, सिमोन ढुँगाना र शिविका श्रेष्ठले ब्रोन्ज मेडल पाएका छन् । स्थानिय नेपाली समुदाय र अन्तर्राष्ट्रिय स्तरमा गरीएका यस्ता राम्रा कार्यहरु संधै प्रशंसनिय र प्रेरणादायीहुने अष्ट्रेलिया नेपाली समुदायका अगुवा कृष्ण गिरी, अबिभावक अनिल अधिकारी लगायतले बताएका छन ।

सिडनीको नेपाली समुदायमा ताईक्वान्डो प्रशिक्षण

नेपली समुदायलाई लक्षित गरीदै बिगत ३ बर्ष देखि पश्चिम सिडनीको ग्रानभिलमा गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलियाले ताईक्वान्डो प्रशिक्षण गराउदै आएको छ । मुख्यतय साररिक तन्दुरुस्त, अनुसाशति र आत्मा रक्षाका लागि खेलिने यस खेलमा ग्रानभिल वरपर बसोबास गर्ने नेपाली मुलका बालबालिकाहरुको उल्लेखनिय सहभागिता रहने गरेको छ । आधुनिक एबम प्रविधि मैत्रिपूर्ण तरिकाले प्रशिक्षण दिईने गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलिया ग्रुपमा २० बर्ष लामो अनुभब बटुलेका प्रशिक्षकहरुले प्रशिक्षण दिने गरेका छन ।

सन २०१८ मा गोेर्खाज ताईक्वान्डोे अष्ट्रेलिया स्थापना गरी प्रशिक्षण सुरु गरेका मुख्य प्रशिक्षक जीवन जोशी, आफूले जानेको सिप र खेल अष्ट्रेलिया जस्तो देशमा आएर यहाँका बालबालिका तथा बिद्यार्थीहरुलाई सिकाउन पाउद आनन्द र गर्बको महसुस गर्दछन । ट्रेनिङ लिनेक्रममा वाईट बेल्ट अर्थात शुरुवातको बेल्टबाट करिब ३ बर्ष अघि प्रशिक्षण सुरु गरेका खेलाडीहरुले आज ब्लु बेल्ट अर्थात छौटौ तह सम्म पुग्न सफल भएका छन भने यो निरन्तर अघिबढिरहेको छ। इन्टरनेशनल मास्टर इन्सट्रक्टरको उपाधि समेत पाएका जोशीले सन् २०१८ मा कोरियाको इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका थिए । उनका सहयोगि अर्थात अर्का प्रशिक्षक रेशम पुन मगर पनि लामो समय बिरेन्द्र शैनिक महाबिद्यालय भक्तपूरमा प्रशिक्षक रहेको अनुभबि प्रशिक्षक हुन । मगरले पनि कोरियाको इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका छन ।

आफ्ना बालबलिकालाई खेलकुद जगतमा सक्रिय गराउनु पर्छ भन्ने बढ्दो चाहनाले गर्दा हाल ग्रानभिल स्काउटहलमा बिहिबार दिउँसो दुई सिफट (४ः३० बजे र ५ः३० बजे) र शनिबार बिहान दुई सिफट (९ः३० बजे र १०ः३० बजे) गरी जम्मा ४ सिफटमा ताईक्वान्डोे प्रशिक्षण दिने गरेको मुख्य प्रशिक्षक जोशीले बताए। नेपाली समुदायका अबिभावकहरुले धेरै ठाँउबाट प्रशिक्षणका लागि अनुरोध गरीरहनु भएको र गएको बर्ष बाट वुडक्राप्टमा समेत प्रशिक्षण सुरु गरेको जोशिले बताए।प्राविधिक, समय र प्रशिक्षणहलको व्यस्थापन गर्दै आगामीदिनमा अन्य ठाँउमा पनि बिस्तार गर्दै लैजाने सोच भएको उनले बताए ।

कोभिड १९ को संक्रमनकालिन अवस्था र गाईडलाईनलाई मध्यनजर गर्दै खेलहरु निरन्तर गराईदै आएको छ । हाल सबै ठाँउ गरी ८० जानाले तालिम लिईरहेका छन । गएको बर्ष अर्थात १९ डिसेम्बार २०२०मा पछिल्लो ग्रेडिङ गरार्ईएको थियो। २२ बिद्यार्थीहरुले सो ग्रेडिङमा सहभागिता जनाएका थिए। ग्रेडिङ पास गरेका सबै बिद्याथीहरुलाई प्रमाणपत्र र नयाँ बेल्ट दिएर सम्मान गरीएको थियो।**यो समाचार इमेलमा प्राप्त भएको हो।