-तस्विर वेव

उर्लाबारीका  मेयरले प्रशासकीय अधिकृतको क्वार्टरमा तालाबन्दि गरे 

Hollywood Khabar September 12,2019 Comments

२७ भाद्र विराटनगर।मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा  ताला लगाइदिएका छन् ।नगर प्रमुख फागो र रेग्मीबीच बिहीबार भनाभन भएपछि असुरक्षित भएको भन्दै रेग्मीले उर्लाबारी छाडेका थिए । उनले मेयरबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएपछि मेयरले नगर प्रहरी लगाएर खटाएर तालाबन्दी गरिएको हो ।जिल्ला प्रशासनले रेग्मीलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरीलाई निर्देशन दिएको छ ।मेयर फागोले प्रशासकीय अधिकृत रेग्मीले जानकारी नै नदिइकन  विदामा बसेपछि यस विषयमा कुरा गर्दा सामान्य भनाभन भएकोभन्दै असुरक्षित हुने  कुनै व्यवहार नगरेको  बताए ।