तस्बिर साभार वेब

उपभोग्य तथा कृषि सामग्रीको ढुवानी सवारी साधनलाई सुचारु गर्ने निर्णय

Hollywood Khabar March 26,2020 Comments

१५ चैत्र काठमाडौं । उपभोग्य तथा कृषि सामग्रीको ढुवानी सहज बनाउनका लागि सरकारले केही सवारी साधन सुचारू गर्ने निर्णय गरेको छ।हिजो बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरेको हो।
बैठकले गरेका १२ निर्णय:
१. स्वास्थ्य तथा जनसंख्या मन्त्रारलय र कृषि तथा पशुपन्छी विकास मन्त्रा लयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रायलय र अर्थ मन्त्रालयले गर्ने।

२. अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रानलय र अर्थ मन्त्रा लयको समन्वयमा सुचारु गर्ने।
३. औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने।

४. औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न  हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने। गृह मन्त्रािलयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने।

५. ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने। यसका लागि गृह मन्त्राहलयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने।

६. स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चाेलन गर्न सहजीकरण गर्ने।

७. अति आवश्यक परी खाद्यान्न  ढुवानी गर्नुपरेमा गृह मन्त्रारलय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा लय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने।

८. इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रा्लय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रा लयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने।

९. गृह मन्त्रामलय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा लयको स्वीकृतिमा नेपालका विभिन्नू स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रि य विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने। यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टा इनमा राख्नेआ।

१०. स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने। स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने। यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रि य आपत्‌कालीन कार्यसञ्चा लन केन्द्रमा र सो केन्द्रले आपत्‌कालीन स्वास्थ्य कार्यसञ्चाललन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने।

११. प्रदेश र स्थानीय तहहरूले क्वारेन्टा्इनको व्यवस्था गरी सञ्चाकलन गर्ने व्यवस्था मिलाउने।
१२. सञ्चाशर तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री  तथा मन्रिर् परिषद्को कार्यालय, गृह मन्त्रा लय र स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाउने।