- मतदाता

उपनिर्वाचनअन्तर्गत मतदान सुरु 

Hollywood Khabar November 28,2019 Comments

१४ मंसिर,काठमाडौं ।तीन तहका  उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन भएका ठाउँमा अहिले बिहान ७ बजेबाट सुरु भएको मतादान साँझ  ५ बजेसम्म जारि रहने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।  आज शुरु भएको उपनिर्वाचनमा प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानका लागि मतदान भैरहेको छ । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज उपनिर्वाचन भैरहेको छ ।
 
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ।पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज मतदान भैरहेको छ।रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।