-साङ्केतिक तस्बिर

उपनिर्वाचनका लागि छापिएको मतपत्र मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा पुर्याइने 

Hollywood Khabar November 19,2019 Comments

५ मंसिर,काठमाडौं।यहि मंसिर  १४ गते हुने उपनिर्वाचनका लागिछापिएको  ५२ प्रकारका मतपत्र मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा पुर्याइने भएको छ। एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते  उपनिर्वाचन हुने र त्यसका लागि   मतपत्र र निर्वाचन सामग्री मंसिर ७ मा पुर्‍याइसक्ने निर्वाचन आयुक्त  नरेन्द्र दाहालले जानकारी दिए । मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको पनि  निर्वाचन  दाहालले बताए।