Pictures: सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा

UN Under Secretary General Lacroix नेपाली सेनाको जंगी अड्डामा

Hollywood Khabar June 26,2018 Comments

नेपाल भ्रमणमा रहनु भएका United Nations का HE Under Secretary General Jean-Pierre Lacroix नेपाली सेनाको जंगी अड्डामा आयोजित Talk Program मा सहभागी हुनु भएको कुरा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानाकरी गराएको छ

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सह सचिव मणि प्रसाद भट्टराईले स्वागत गर्नुभयो भने नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी श्री शरद गिरीले नेपाली सेनाले शान्ति स्थापनाको लागि पुर्‍याएको योगदान सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो।

अन्तरकृयामा General Lacroix ले विश्वमा शान्ति कायम राख्न आई पर्न सक्ने चुनौतिहरु र चुनौतिको लागि अवलम्वन गर्नु पर्ने कार्यहरु सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नु भएको कुरा नेपाली सेनाले बताएको छ।

कार्यक्रमको अन्त्यमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, रथीवृन्द, शान्ति सेना कार्यमा महत्वपूर्ण नियुक्तिमा खट्टिनु भएका पूर्व रथीवृन्दहरु, अधिकृत, त्रिभुवन विश्व विद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक तथा विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो।

२०७५ असार १३ गते नेपाली सेनाको जंगी अड्डामा आयोजित Talk Program मा सहभागी हुनु भएका General Lacroix  ले नेपाली सेनाको पाचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नु भएको थियो। उहालाई उक्त केन्द्रका केन्द्रपति महासेनानी नविन सिलवालले स्वागत गर्नु हुदै उक्त केन्द्रको परिचय, बहुराष्ट्रिय शान्ति स्थापनार्थ अभ्यास तथा मिशन पूर्व तैनाथी हुने तालिम लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त अवसरमा उहााले विभिन्न मिशनमा जान छनौट भएका शान्ति सैनिकहरुद्वारा प्रस्तुत गरिएको अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नु भएको थियो ।